कांग्रेस संस्थापन पक्षको निष्कर्ष- विशेष महाधिवेशनको औचित्य समाप्त, प्रतिनिधिहरू काठमाडौं आउन जरुरत छैन

कांग्रेस संस्थापन पक्षको निष्कर्ष- विशेष महाधिवेशनको औचित्य समाप्त, प्रतिनिधिहरू काठमाडौं आउन जरुरत छैन
फाइल तस्बिर

काठमाडौं : कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको संस्थापन पक्षका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकालेको छ।

सभापति देउवा निवास महाराजगञ्जमा आइतबार बसेको बैठकले पार्टीले नियमित महाधिवेशनको मिति तय गरिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकालेको हो।

बैठकपछि कांग्रेस नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै देशभरिका महाधिवेशन प्रतिनिधिलाई काठमाडौं आउनुपर्ने जरुरत नरहेको सन्देश प्रवाह गर्ने निर्णय भएको जानकारी दिए। बैठकले देशभरिका नेता तथा कार्यकर्तालाई आसन्न प्रतिनिधिसभाको निर्वाचनको तयारीमा होमिनका लागि आग्रह गरिएको उनले बताए।

यसैबीच कांग्रेसले पुनः कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ। बैठक पुस २१ गते सोमबार दिउसो १ बजे बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा उल्लेख छ। पुसमा हुने भनिएको पार्टीको महाधिवेशन वैशाखमा सारिएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुसमा नै विशेष महाधिवेशन गर्ने अडान राख्दै आएका छन्।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.