पदाधिकारी थप गर्ने रास्वपाको निर्णय

पदाधिकारी थप गर्ने रास्वपाको निर्णय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारी थप गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय वनस्थलीमा आइतबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले दुई उपसभापति, महामन्त्री, सहमहामन्त्री र सह प्रवक्ता पद थप गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। पार्टी एकतापछि आवश्यकताका आधारमा पदाधिकारी थप गर्ने निर्णय भएको उनले बताए।

बैठकले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई वटा उपसमिति गठन गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्नका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस कार्यदल गठन गरेको छ भने पार्टी एकता तथा समायोजन प्रक्रियालाई सहजीकरण गर्दै निष्कर्षमा पुर्‍याउने उद्देश्यले पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन कार्यदल गठन गरिएको प्रवक्ता झाले बताए।

पार्टीले सोमबार काठमाडौंमा एकता समारोह गर्ने र एकता समारोहमा थरूहटका साथै नागरिक उन्मुक्ति पार्टीका नेताहरू रास्वपामा प्रवेश गर्ने प्रवक्ता झाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.