असन्तुष्टि

आलोचना बढेपछि रास्वपामा समानुपातिकतर्फका उम्मेदवारले धमाधम फिर्ता लिँदै नाम

आलोचना बढेपछि रास्वपामा समानुपातिकतर्फका उम्मेदवारले धमाधम फिर्ता लिँदै नाम
फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकको बन्दसूचीमा परेका उम्मेदवारले धमाधम नाम फिर्ता लिन थालेका छन्। रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ताको औपचारिक रुपमा घोषणा गर्नेहरुको संख्या ६ पुगेको छ।

समानुपातिकको बन्दसूचीमा परेका व्यवसायी एवम् उद्यमी सचिन ढकाल र प्राध्यापक महेन्द्र लावती, आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ साह र डा. अरनिको पाँडेले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन्।

नातावाद र पारिवारिक सम्बन्धका कारण उठेको विवादपछि उनीहरुले उम्मेदवारी फिर्ता लिएको घोषणा गरे। ढकालले भनेका छन्,‘नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु।’

यसैगरी  डा. पाँडेले पनि बन्दसूचीमा रहिरहने औचित्य नरहेको भन्दै असन्तुष्ट व्यक्त गरेका छन्। उनले समानुपातिक उम्मेदवारको बन्द सूचीबाट आफ्नो नाम हटाउने आफ्नो निर्णय हिजो राति बसेको रास्वपा केन्द्रीय समिति बैठकमा जानकारी गराएको बताए।

फेसबुकमार्फत पाँडेले भनेका छन्, ‘पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरूलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ।’

समानुपातिकको बन्दसूचीलाई लिएर पार्टी भित्र र बाहिर रास्वपाको आलोचना हुँदै आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी निवर्तमान सांसद तोसिमा कार्कीले पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिकको बन्दसूचीप्रति आपत्ति जनाएकी थिइन्। कार्कीले लेखेकी छन्, ‘समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्ष्महरुले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो। सूचीले विपन्नलाई पनि ठाउँ दिनुपर्छ। सूचीले कर्णाली बोल्नुपर्छ। सुदूरपश्चिम बोल्नुपर्छ। सूचीले गाउँ बोल्नुपर्छ। तर, पार्टीको नेतृत्वका आफन्तहरु र पार्टीको भाइटल पोष्टमा हुनेहरु नै समानुपातिक सूचीको लागि आकाङ्क्षी हुनु र त्यही आफ्नो स्पेस बनाउनु/बनाइनुले समानुपातिक प्रविधिको औचित्यमाथि नै प्रश्न गरेको छ। समानुपातिकले समावेश गराउनुपर्छ निषेध होइन !’

समानुपातिक बन्दसूचीमा समावेश कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिएमा उक्त स्थानमा सम्बन्धित दलले अर्को उम्मेदवार थप्न पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.