विशेष महाधिवेशन निष्क्रिय भएको परिपत्र कांग्रेसले मातहतका निकायलाई पठायो

विशेष महाधिवेशन निष्क्रिय भएको परिपत्र कांग्रेसले मातहतका निकायलाई पठायो

काठमाडौं : नेपाली कांग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको जानकारीसहितको परिपत्र मातहतका निकायलाई पठाएको छ। नियमित अधिवेशन वैशाखमा हुने जानकारीसहित पार्टीले तल्ला कमिटीहरूलाई पत्राचार गर्दै विशेष महाधिवेशनको औचित्य मंसिर १५ गतेदेखि स्वत: समाप्त भइसकेको जानकारी गराएको हो।

पार्टीले आगामी महाधिवेशनलाई समेत मध्यनजर गर्दै सदस्यता सम्बन्धी सम्पूर्ण प्रक्रिया निर्धारित कार्यतालिकाभित्र टुंग्याउन जोड दिएको छ। यसअघिका निर्वाचन तथा संगठनात्मक गतिविधिमा संलग्न क्रियाशील सदस्यहरूको विवरण अद्यावधिक गरी केन्द्रमा पठाउन पनि परिपत्रमार्फत् निर्देशन दिइएको छ।

यसैगरी कांग्रेसले संगठन सुदृढीकरणका लागि क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको प्रक्रिया तत्काल अघि बढाउन मातहतका सबै तहका समितिलाई निर्देशन दिएको छ। जारी परिपत्रअनुसार जिल्ला, प्रदेश, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका तथा वडा कार्यसमितिलाई पार्टी विधान र निर्देशिकाअनुसार आवश्यक कार्य अगाडि बढाउन भनिएको हो।

विधानविपरीत,अपारदर्शी वा विवादित ढंगले सदस्यता वितरण नगर्न सचेत गराउँदै पार्टीको अनुशासन,एकता र संगठनात्मक मर्यादा कायम राख्न सबै तहका नेतृत्वलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।

कांग्रेसले विधि,विधान र लोकतान्त्रिक अभ्यासअनुसार पार्टीलाई क्रियाशील,समावेशी र बलियो बनाउने उद्देश्यका साथ सदस्यता प्रक्रिया अघि बढाइएको जनाएको छ। फागुन २१  गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाएर पार्टीलाई बहुमत ल्याउन सबै क्रियाशील हुन समेत भनिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.