नयाँ दिल्लीबाट फर्किए प्रचण्ड

नयाँ दिल्लीबाट फर्किए प्रचण्ड
फाइल तस्बिर

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' स्वदेश फर्किएका छन्। भारतको नयाँ दिल्लीबाट दुई दिने भ्रमण सकेर संयोजक प्रचण्ड सोमबार साँझ स्वदेश फर्किएका हुन्। उनी एयर इन्डियाको जहाजबाट फर्किएका हुन्।

नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीस्थित लाजपत भवन अडिटोरियममा आयोजित 'एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम'मा उनी सहभागी बनेका थिए। उनले प्रवासी नेपालीका साझा मुद्दा, आगामी निर्वाचनको महत्त्व र नेपाल-भारत सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा स्पष्ट पारेका थिए। 

कार्यक्रममा भारतका विभिन्न राज्यहरूबाट आएका एक हजारभन्दा बढी प्रवासी नेपालीहरूको उत्साहजनक उपस्थिति थियो। सहभागीहरूले प्रवासी नेपालीका अधिकार, सम्मान, एकता, संगठन सुदृढीकरण तथा भविष्यका कार्यदिशाका विषयमा गहन छलफल गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.