निर्वाचनलाई असर पार्ने कुनै काम नगर्न प्रमुख दललाई रवि लामिछानेको चेतावनी

निर्वाचनलाई असर पार्ने कुनै काम नगर्न प्रमुख दललाई रवि लामिछानेको चेतावनी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनलाई असर पार्ने कुनै पनि काम नगर्न प्रमुख दललाई चेतावनी दिएका छन्। सोमबार काठमाडौंमा नागरिक उन्मुक्ति पार्टीका नेताहरूलगायत थरुहट थारुवान अभियन्ताहरूलाई रास्वपामा प्रवेश गराउँदै लामिछानेले मुलुकले धेरै कठिनाइ भोगिसकेकाले निर्वाचनमार्फत सहज निकास दिनुपर्ने बताए।
उनले निर्वाचनलाई असर पार्ने कुनै पनि काम नगर्न प्रमुख दललाई चेतावनी दिए। केही दलहरू जेनजी आन्दोलनपछिको परिवर्तनलाई स्वीकार गर्न नचाहेको उल्लेख गर्दै आफ्नो असक्षमतालाई स्वीकार गर्न उनले सुझाव दिए।

लामिछानेले नयाँ पुस्ताहरू देशलाई नयाँ उचाइमा पुर्‍याउन सक्षम रहेको र पुराना नेताले आफ्नो बारेमा धेरै चिन्ता नगर्न आग्रह गरे। आफ्नो दलका नेता राजनीतिक रूपमा परिपक्क हुँदै गएको भन्दै गिरेको मनोबल र अर्थतन्त्रलाई उकासेर छाड्ने स्पष्ट पारे।

उनले पार्टीमा आएका नेताहरूलाई उचित जिम्मेवारी दिने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा रास्वपा, नाउपा र थरुहट थारुवान अभियन्ताबीच ९ बुँदे सहमति गरिएको थियो। सहमति पत्रमा रास्वपाका तर्फबाट उपसभापति डीपी अर्याल, नाउपाका तर्फबाट दामोदर पण्डित र थरुहट थारुवान अभियन्ताका रूपमा लक्ष्मण थारु र सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.