नेपाली दूतावास युएईका श्रम काउन्सिलरको जिम्मेवारी किन खोसियो?

नेपाली दूतावास युएईका श्रम काउन्सिलरको जिम्मेवारी किन खोसियो?
युएईस्थित नेपाली दूतावास

काठमाडौं : संयुक्त अरब इमिरेट्स ‘युएई’स्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेलको जिम्मेवारी खोसिएको छ। युएईमा बस्ने नेपालीहरू तथा श्रमिकहरूले दूतावासमा पठाएको उजुरीको विषयमा श्रम काउन्सिलर पौडेलले काम नै नगरी सिष्टममा पूरा गरिएको बनाएका थिए। 

परराष्ट मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दीपेन्द्र पौडेललाई फिर्ता बोलाइएको जानकारी दिए। उनी भन्छन्, 'उहाँलाई परराष्ट्र मन्त्रालयको सरुवा निर्देशिका बमोजिम सरुवा गरिएको हो।' दूतावासमा श्रम काउन्सिलरको काम गर्ने क्रममा पौडेलले जिम्मेवारी पूरा नगरेको र लापरबाही गरेको भन्दै आन्तरिक छानबिन गरिएको थियो। केही कैफियत देखिएपछि उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा फिर्ता गरिएको हो। 

कन्सुलर सेवा विभागकी महानिर्देशक दुरपदा सापकोटाका अनुसार पौडेलले कन्सुलर सेवासँग सम्बन्धित काममा लापरबाही गरेको देखिएको थियो। युएईस्थित नेपाली दूतावासले पौडेलमाथि छानबिन गर्न नियोग उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो। समितिले कन्सुलर सेवासँग सम्बन्धित कार्यमा लापरबाही र त्रुटि देखिएको प्रतिवेदन परराष्ट्र मन्त्रालयमा पठाएको थियो। सोही प्रतिवेदनका आधारमा परराष्ट्र मन्त्रालयले उनको जिम्मेवारी खोसेको हो। उनलाई शनिबार नै नेपाल फिर्ता बोलाइएको हो।  

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.