स्रोत नखुलेको ४ लाख रूपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको ४ लाख रूपैयाँसहित एक जना पक्राउ

विराटनगर : स्रोत नखुलेको करिब ४ लाख रूपैयाँसहित विराटनगरबाट एक जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–१० का ३६ वर्षीय उमेश साह पक्राउ परेका हुन्। 

साह प्रदेश १–०२–०४२ प २८८४ नम्बरको मोटरसाइकलमा भारतको जोगवनीबाट विराटनगरतर्फ आउँदै थिए। शंकास्पद देखेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। त्यस क्रममा स्रोत नखुलेको रकम साथबाट बरामद भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्। 

उनका अनुसार साहलाई विराटनगर महानगरपालिका–१३ स्थित दिव्य ज्योति अस्पताल अगाडिबाट दिउँसो १:४५ बजेतिर पक्राउ गरिएको हो। साहले लगाएको हेल्मेट र शरीरको विभिन्न भागमा लुकाइ छिपाइ राखिएको अवस्थामा स्रोत नखुलेको ३ लाख ९९ हजार ९ सय ५० रुपैयाँ फेला परेको जानकारी चुँडालले दिइन्। 

उनका अनुसार साहको साथबाट १ हजार दरका ३०, ५ सय दरका ५ सय ३६, १ सय दरका १ हजार १९ र ५० को एउटा नोट बरामद भएको छ। साथमा भएको नगदको स्रोत खुलाउन नसकेपछि उक्त रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका साहलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धानको दायरामा ल्याइएको छ। उनीमाथि इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ। उक्त रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको अनुमान छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.