भेनेजुएलाको अवस्थाबारे सुरक्षा परिषद्मा पाकिस्तानको चिन्ता

भेनेजुएलाको अवस्थाबारे सुरक्षा परिषद्मा पाकिस्तानको चिन्ता

न्यूयोर्क : संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा पाकिस्तानले भेनेजुएलामा विकसित अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसले विश्वव्यापी शान्ति र स्थिरतामा गम्भीर असर पार्न सक्ने चेतावनी दिएको छ।

संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानका कार्यवाहक स्थायी प्रतिनिधि उस्मान जादुनले बैठकमा विश्व अहिले धेरै अन्तर्राष्ट्रिय संकटहरूको सामना गरिरहेको उल्लेख गर्दै बढ्दो तनावले नयाँ खतराहरू सिर्जना गर्न सक्ने बताए। 'विश्व पहिले नै धेरै संकटहरूको सामना गरिरहेको छ। यस्ता परिस्थितिमा थप तनावले विश्वव्यापी शान्तिमा नयाँ चुनौती थप्न सक्छ,'उनले भने।

जादुनले राजनीतिक मतभेद समाधान गर्ने एक मात्र उपाय वार्ता र कूटनीति भएको स्पष्ट पार्दै भेनेजुएलामा हालै भएका घटनाक्रमहरूलाई पाकिस्तानले  गहिरो चिन्ताका साथ हेरिरहेको बताए।

उनका अनुसार संयुक्त राष्ट्रसंघको बडापत्रले सदस्य राष्ट्रहरूलाई कुनै पनि देशको क्षेत्रीय अखण्डता वा राजनीतिक स्वतन्त्रताविरुद्ध धम्की वा बल प्रयोग नगर्न बाध्य बनाउँछ। साथै, बडापत्रले सार्वभौम समानता,आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अन्तर्राष्ट्रिय विवादहरू शान्तिपूर्ण रूपमा समाधान गर्ने सिद्धान्तलाई सुनिश्चित गरेको उनले स्मरण गराए।

'एकतर्फी सैन्य कारबाहीले यी पवित्र सिद्धान्तहरू र राष्ट्रको सार्वभौमिकताको मूल भावनाको उल्लङ्घन गर्दछ। यस्ता कार्यहरूले खतरनाक उदाहरण स्थापित गर्छन्,'जादुनले भने।

उनले सबै सम्बन्धित पक्षलाई संयम अपनाउन, तनाव कम गर्न र संवादमार्फत समाधान खोज्न अपील गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.