भन्सार छलेर ल्याइएको माछा बरामद
कपिलवस्तु : भारतबाट भन्सार छलेर ल्याइएको एक गाडी सिद्रा माछा प्रहरीले शिवराज नगरपालिका-५ बाट पक्राउ गरेको छ। सोमबार राति १० बजे कृष्णनगर चन्द्रौटा सडक खण्डमा सिद्रा माछा लोड गरिएको लु १ च ९२७९ नम्बरको बलेरो पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको हो।
सिद्रा माछा लोड गरिएको सो गाडीमा भन्सार प्रज्ञापन पत्रमा तोकिए अनुसारको सामान भएका कारण नियन्त्रणलाई लिई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए।
सो पिक अप गाडीमा ५ लाख ५६ हजार ८ सय रुपैयाँ मूल्य बराबरको १ हजार ७ सय ४० किलोग्राम सुकेको सिद्रा माछा लोड गरिएको थियो। प्रहरीले शिवराज नगरपालिका-५ खैरीका सवारी चालक ३६ वर्षीय शेष बहादुर चौधरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सुकेको माछा र गाडी सहित १७ लाख ५६ हजार ८ सय रुपैयाँ मूल्य कायम गरी राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको नायब प्रहरी उपरीक्षक सिंहले बताए।
प्रतिक्रिया दिनुहोस !