अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादकमा बस्नेत नियुक्त, भण्डारीको बिदाइ
काठमाडौं : अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादकमा बालकृष्ण बस्नेत नियुक्त भएका छन्। अन्नपूर्ण मिडिया नेटवर्कले मंगलबार बस्नेतलाई प्रधान सम्पादकमा नियुक्त गरेको हो।
तिनकुनेस्थित प्रधान कार्यालयमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नवनियुक्त प्रधान सम्पादक बस्नेतलाई स्वागत गरेका थिए। त्यस्तै उक्त समारोहमा अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारीलाई बिदाइ गरिएको थियो। अध्यक्ष क्याप्टेन थापाले प्रधान सम्पादक भण्डारीलाई आगामी यात्राको शुभकामना दिएका थिए।
नवनियुक्त प्रधान सम्पादक बस्नेत प्रेस काउन्सिलका पूर्व अध्यक्ष पनि हुन्। दोलखा घर भएका बस्नेतले आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन्। उनले कान्तिपुर दैनिकमा पनि लामो समय काम गरेका थिए।
प्रतिक्रिया दिनुहोस !