कांग्रेस विशेष महाधिवेशनका लागि जिम्मेवारी तोकियो, कसलाई के जिम्मेवारी?

कांग्रेस विशेष महाधिवेशनका लागि जिम्मेवारी तोकियो, कसलाई के जिम्मेवारी?
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेको छ। बुधबार पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन पक्षधरले उक्त मिति घोषणा गरेको हो।

विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशन बोलाइएको हो। विशेष महाधिवेशनका लागि आवश्यक व्यवस्थापकीय तयारी तीव्र गतिमा भइरहेको जनाइएको छ। विशेष महाधिवेशनका लागि जिम्मेवारी पनि बाँडफाँट गरिएको छ।

पूर्व जिल्ला सभापति पूर्व केस समन्वयमा मधु आचार्य, जनपरिचालन जुलुस व्यवस्थापनमा जगदिश नरसिंह केसी, व्यवस्थापन समितिमा मनोजमणि आचार्य, प्रदेश सांसद समन्वयमा कूशूम थापा मगर, मञ्च व्यवस्थापनमा गोविन्द पुडासैनी, स्वयंम सेवक परिचालन समितिमा मनिष कोइराला, यातायात व्यवस्थापनमा योगेन्द्रमान कर्माचार्य, आवास तथा खाना व्यवस्थापनमा रमेश धमला, सूचना तथा प्रचार समितिमा सुबास पोखरेल, जिल्ला सम्पर्क समितिमा विमल संग्रौला, भातृ तथा शुभेच्छुक संस्था समन्वयमा प्रतिमा गौतम, जनसम्पर्क समिति समन्वयमा डिल्लीराम सुवेदी, स्थानीय तह समन्वयमा वंशलाल तामाङ, स्वास्थ्य शिविर समन्वयमा डा. अमित प्रधान, सांस्कृतिक कार्यक्रम तयारीमा विपिन किरण, जेनजी युवा परिचालनमा सचिन तिमिल्सिना र जिल्ला क्षेत्र फोकन पर्सन समन्वयमा युवराज पाण्डे छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.