उज्यालो नेपाल र रास्वपाबीच भएको सहमति हालसम्म कार्यान्वयनमा आएको छैन : कुलमान घिसिङ

उज्यालो नेपाल र रास्वपाबीच भएको सहमति हालसम्म कार्यान्वयनमा आएको छैन : कुलमान घिसिङ
सुन्नुहोस्

काठमाडौं : ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। बुधबार रात उनले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा पत्र बुझाएका हुन्। 

राजीनामा लगत्तै आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग भएको सहमति कार्यान्वयनमा नआएको दाबी गरे। उनले आफूले कुनै पनि राजनीतिक दलको सदस्यतासमेत नलिएको दोहोर्‍याएका थिए।

‘उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको सहमतिमा मेरो नाम उल्लेख भएको भए पनि उक्त सहमति हालसम्म औपचारिक रूपमा कार्यान्वयनमा आएको छैन। मेरो समर्थन र साथ रहँदा रहँदै मैले अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीको सदस्यता लिएको छैन। राजनीतिक जीवनमा प्रवेश गरेपछि मात्रै सदस्यता लिने मेरो स्पष्ट धारणा थियो,' उनले भने। तर, उनले आफू राजनीतिक क्षेत्रमा आउने घोषणा गरेका छन्।

केही साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपालबीच सहमति भएको थियो। उक्त सहमति अनुसार घिसिङलाई उपभापतिसहित दोस्रो वरीयतामा राख्ने सहमति भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.