लागुऔषध मुद्दाका फरार प्रतिवादी ७ वर्षपछि पक्राउ

लागुऔषध मुद्दाका फरार प्रतिवादी ७ वर्षपछि पक्राउ
सुन्नुहोस्

विराटनगर : लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले ७ वर्षपछि बुधबार मोरङको केराबारीबाट पक्राउ गरेको छ। 

प्रहरीले केराबारी गाउँपालिका-७ घर भएका ३५ वर्षीय सुजन रानामगरलाई दिउँसो २:३० बजेतिर घरबाटै पक्राउ गरेको हो। पक्राउ गर्न इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोली उनको घरमै पुगेको थियो। 

फरार प्रतिवादी रानामगरलाई जिल्ला अदालत मोरङले लागुऔषध मुद्दामा २०७५ साल असोज १७ गते १ वर्ष ९ महिना १७ दिन कैद र १ लाख रूपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो। अदालतको कैद र जरिबानाको फैसला गरेको भए पनि उनी सजाय भुक्तान नगरिकन लामो समयदेखि फरार थिए। 

प्रहरीको खोजी सूचीमा रहेका रानामगरलाई अदालतले दोषी ठहर गरेको ७ वर्षपछि पक्राउ गर्न प्रहरी सफल भएको हो । प्रहरीले पेस गरेपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.