नेपाल-भारतका सुरक्षा पदाधिकारीको बैठक : सीमा क्षेत्रको अपराध रोक्न सहकार्य गरिने

नेपाल-भारतका सुरक्षा पदाधिकारीको बैठक : सीमा क्षेत्रको अपराध रोक्न सहकार्य गरिने
सुन्नुहोस्

रौतहट : नेपाल र भारतका सुरक्षा पदाधिकारीहरूको बैठक चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ। दुबै देशको सीमा क्षेत्रको विभिन्न नाकामा भइरहेका अवाञ्छित गतिविधि नियन्त्रण, अवैध कारोबार नियन्त्रण गर्नेसहित विविध पक्षमाथि गहन छलफल गर्न नेपाल-भारतका सुरक्षा पदाधिकारीहरूको समन्वयात्मक समीक्षा बैठक भएको हो। 

जिल्ला प्रशासन कार्यालय रौतहटले आयोजना गरेको नेपाल-भारत जिल्ला स्तरीय सीमा समन्वय समिति (बीडीसीसी)को बिहीबारको बैठकले सीमामा भइरहेका अवाञ्छित गतिविधिलाई पूर्णरूपमा नियन्त्रण गर्ने रणनीति राखिएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासन प्रमुख रामनरेश साहले जानकारी दिए। 

बैठकबाट लागुऔषधको अवैध ओसारपसार, अवैध हातहतियार, मदिराको ओसारपसार, संदिग्ध गतिविधिमा संलग्नहरूको सूचना एकअर्कासमक्ष आदनप्रदान गर्दै  गैरकानुनी गतिविधि नियन्त्रण गर्ने  र नक्कली नोटको कारोबार, सीमा स्तम्भको सुरक्षासहित विभिन्न अपराधिक कार्यलाई पूर्णरूपमा नियन्त्रण गरेर सीमा क्षेत्रलाई शान्ति व्यवस्था कायम गर्ने सहमति भएको साहले जानकारी दिए। 

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राखिएको सीमा समन्वय बैठकले निर्वाचन हुनुभन्दा ७२ घण्टा अगावै सीमा सील गर्ने, सीमा क्षेत्रमा अतिक्रमण हुन नदिने, सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न परस्पर सहयोग आदान प्रदान गर्ने, नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था कायम राख्ने, लागुअ‍ैषध कारोबार दुबैतर्फ निगरानी राखेर नियन्त्रण गर्ने, सूचना आदान प्रदान गर्ने, सीमासम्बन्धी वा अन्य कार्यहरूसम्बन्धी जानकारीका लागि सहजरूपमा कुरा गर्न सकिनेलगायतका विविध विषयमाथि गहन छलफल भएको साहले बताए। 

सीमा समन्वय बैठकमा रौतहटबाट प्रजिअ दिनेश सागरभुसाल, प्रहरी उपरीक्षक रविन कार्की, सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, गौर भन्सार प्रमुख विकास कुमार रजक, नापी कार्यालय गौरका प्रमुख मोहन महासेठ, डिएफओ हेमन्तप्रसाद साह, सहायक प्रजिअ जितेन्द्रकुमार यादव, डीएसपी रुपा लाबुङ, प्रस्तावित गुल्म गौरका प्रमुख डीएसपी प्रेमसागर विस्ट र सन्तपुर बेसका डीएसपी राजेन्द्रबहादुर बस्नेत सहभागी थिए। 

सर्लाहीका प्रजिअ रामुराज कडरिया, एसपी योगेन्द्रकुमार खड्का, सशस्त्र एसपी देबबहादुर चन्द, राष्ट्रिय अनुसन्धानका संजय मण्डल, मलंगवा भन्सार प्रमुख ठाकुर प्रसाद आचार्य तथा महोत्तरीका प्रजिअ इन्द्रदेव यादव, एसपी हेराम्बा शर्मा, सशस्त्र प्रहरीका एसपी शेरबहादुर अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक चन्दनकुमार झासहितका पदाधिकारीहरूको पनि उपस्थिति थियो। 

त्यस्तै महोत्तरी जिल्लाबाट प्रजिअ इन्द्रदेव यादब,प्रहरी उपरीक्षक हेरम्भा शर्मा,सशस्त्र प्रहरी उपरीक्षक शेर बहादुर अधिकारी लगायत अन्य कार्यालयका प्रमुखको सहभागिता थियो। 

भारतबाट सीतामढीका डीएम रिची पाण्डेको नेतृत्वमा भारत सीतामढीका एसपी पाण्डेसहित एसपी अमित रंजन, विरगञ्ज महावाणिज्य दूतावासका काउन्सलर मनिषकुमार दास, एसएसबी २० बी बटालियनका कमान्डेन्ट जिसी पाण्डे, एसएसबी ५१ बी बटालियनका कमान्डेन्ट सञ्जिवकुमार सिंह, एडीएम सितामढी सन्दीप कुमार, एडीएम वृजकिशोर पाण्डे, एसडीएम सितामढी सदर आनन्द कुमार, एसडीएम पुपरी गौरव कुमार, डीएसपी सीतामढी महम्मद नाजिभ कन्वरसहितका विभिन्न क्षेत्रका पदाधिकारीहरूको उपस्थिति रहेको प्रशासन प्रमुख साहले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.