प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घन्टा बढी चुनाव केन्द्रित छलफल

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घन्टा बढी चुनाव केन्द्रित छलफल
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार उनीहरूबीच ३ घन्टा बढी छलफल भएको हो।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार उनीहरूबीच चुनाव केन्द्रित छलफल भएको हो। प्रधानमन्त्री कार्कीले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा सहभागी हुनका लागि देखाएको प्रतिवद्धताप्रति सराहना गरेकी थिइन्।

'फागुन २१ को चुनावका लागि एमालेले देखाएको प्रतिवद्धताप्रति प्रधानमन्त्रीजीले उहाँ (ओली)को सराहना गर्नुभएको थियो। निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक विधि अपनाउनु हुन्छ भन्ने विषयमा प्रधानमन्त्रीजी विश्वस्त हुनुभयो,' प्रधानमन्त्रीका प्रेस संयोजक रावलले अन्नपूर्णसँग भने।

त्यस्तै एमाले अध्यक्ष ओलीले एमाले चुनावदेखि नभाग्ने बताएका थिए। उनले एमाले लोकतान्त्रिक पार्टी भएको र चुनावमा सहभागी हुनका लागि पछि नहट्ने बताएका थिए। स्रोतका अनुसार अध्यक्ष ओलीले सरकारसँग सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग गरेका थिए। उनले चुनावमा अझै सुरक्षा खतरा रहेको बताउँदै त्यसको प्रत्याभूति हुनुपर्ने सरकारको ध्यानाकर्षण गराएका थिए।    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.