विशेष महाधिवेशनले विग्रह ल्याउँदैन, जनतासँग जोड्ने काम गर्छ : गगन थापा

विशेष महाधिवेशनले विग्रह ल्याउँदैन, जनतासँग जोड्ने काम गर्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनबाट पछि हट्न अस्वीकार गरेका छन्। बिहीबार पार्टी कार्यालयमा भएको कार्यसम्पादन बैठकमा उनले विशेष महाधिवेशन हुने र त्यसमा सभापति शेरबहादुर देउवासहितका नेताहरू सहभागी बन्नुपर्ने बताए।

उनले बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको प्रस्ताव ल्याएको बताए। 'सहमति गर्न सकिने विषय आज थिएन। पार्टी विधानअनुसार नियमित महाधिवेशनको कार्यसूची घोषणा भएपछि विशेष महाधिवेशन आवश्यक छैन भनेर कार्यवाहक सभापतिले भन्नुभयो। यो विधानसम्मत छैन। ठाडै विधानको अपव्याख्या हो भने मैले भनेको छु,' सञ्चारकर्मीसँग उनले भने।

उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिे बोलाएपछि विशेष महाधिवेशन गर्न विधानले बाध्यकारी व्यवस्था गरेको भन्दै विशेष महाधिवेशन फिर्ता नहुने बताए। 

उनले बैठकमा सभापति शेरबहादुर देउवालाई पनि विशेष महाधिवेशनमा सहभागी भए अपनत्व लिइदिन आग्रह गरेको बताए। 'पार्टी सभापतिलाई यो कुरा पुर्‍याइदिनुहोला भनेका छौं। विधानसम्मत भएको यो महाधिवेशनमा उहाँ सहभागी बन्नुपर्छ। विशेष महाधिवेशनलाई उहाँले अपनत्व गर्नुपर्छ,' उनले भने।

उनले विशेष महाधिवेशन कांग्रेसमा विग्रह ल्याउने होइन, जनतासँग जोड्नलाई गर्न लागिएको स्पष्ट पारेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.