चिया पसलबाट गाँजा बरामद, ३ जना पक्राउ

चिया पसलबाट गाँजा बरामद, ३ जना पक्राउ
सुन्नुहोस्

विराटनगर : विराटनगर महानगरपालिका–१५ मा सञ्चालित एउटा चिया नास्ता पसलबाट गाँजा बरामद भएको छ । चिया पसलमा छापा मारेर प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । यो घटनाले चिया नास्ता पसलको आडमा गाँजाको कारोबार भइरहेको पुष्टि हुने प्रहरीले जनाएको छ । 

मनोज साहको घरमा सटर भाडामा लिएर चिया तथा नास्ता पसल सञ्चालन गर्दै आएकी भारत बिहारकी अन्दाजी ४५ वर्षीया कविता यादवले उक्त पसलबाट गाँजाको कारोबार गरिरहेको जानकारीका आधारमा प्रहरीले छापा हानेको हो । पसलभित्र खाटमुनि सेतो प्लाष्टिकका ७ वटा पोका एकै ठाउँमा जम्मा गरी सेतो टेपले बेरेर लुकाइराखिएको अवस्थामा गाँजा फेला पारेको प्रहरीले जनाएको छ । त्यहाँ ससाना खाली प्लाष्टिकका प्याकेटहरू पनि भेटिएपछि उक्त पसलबाट गाँजाको खुद्रा बिक्रीसमेत हुँदै आएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । 
प्रहरीका अनुसार बरामद गरिएको गाँजा डिजिटल तराजुमा तौल गर्दा ७ किलो १ सय ८० ग्राम भएको छ । प्रहरीले गाँजासहित पसल सञ्चालक यादव, उनका छोरा २८ वर्षीय मुन्नाकुमार यादव र मोरङको जहदा गाउँपालिका–१ का अन्दाजी १९ वर्षीय मञ्जितकुमार यादवलाई पक्राउ गरेको हो । साथै, घटनास्थलमा रहेको बीआर ३८ क्यू ८९३६ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार चिया पसलको आडमा गाँजाको कारोबार सहज रूपमा सञ्चालन गरिएको पाइएको छ । बरामद भएको गाँजासहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । गाँजा कहाँबाट ल्याइन्थ्यो, कस–कसलाई बिक्री गरिन्थ्यो र यसमा अन्य व्यक्तिहरू संलग्न छन् कि छैनन् भन्ने विषयमा प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.