गोरखा १ मा उम्मेदवारी दिने सुदन गुरुङको घोषणा
काठमाडौं : जेनजी अभियन्ता सुदन गुरुङले आगामी निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले गोरखा क्षेत्र नं १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
'गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु। आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल,' सामाजिक सञ्जालमा उनले घोषणा गर्दै भनेका छन्।
उनले कुन दलबाट उम्मेदवारी दिने भन्ने विषय खुलाएका छैनन्। गोरखा १ मा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका राजेन्द्र बजगाई विजयी भएका थिए।
प्रतिक्रिया दिनुहोस !