ब्राउन सुगर बोकेर विराटनगर छिरेका तीनजना भारतीय युवा पक्राउ

ब्राउन सुगर बोकेर विराटनगर छिरेका तीनजना भारतीय युवा पक्राउ

विराटनगर : लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) बोकेर विराटनगर छिरेका तीनजना भारतीय युवालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ। भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा सवार रहेका उनीहरूलाई प्रहरीले दिउँसो १ बजेतिर विराटनगर महानगरपालिका–१७ स्थित आईसीपी रोडबाट पक्राउ गरेको हो। पक्राउ परेकाको साथबाट ठूलो परिमाणको ब्राउन सुगर बरामद भएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले पक्राउ गरेको हो। 

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बीआर ३८ एपी ९०४९ नम्बरको मोटरसाइकलमा सवार भारत बिहारको अररिया जिल्ला खैराखगरा–४ का १९ वर्षीय राजकुमार साह, २० वर्षीय सेठू कुमार र २० वर्षीय रोशन कुमारलाई पक्राउ गरिएको जानकारी दिइन्। उनका अनुसार शंका लागेपछि प्रहरीले उनीहरू सवार मोटरसाइकललाई रोकेको थियो। 

मोटरसाइकल रोकेर चेकजाँच गर्दा पछाडि सवार राजकुमारको साथबाट १ सय ४ ग्राम ब्राउन सुगर बरामद भएको चुँडालले बताइन्। उनका अनुसार राजकुमारले ‘देभगन्ध’ लेखिएको धूपको बट्टाभित्र लुकाइछिपाइ राखेको अवस्थामा ब्राउन सुगर फेला परेको थियो। बरामद भएको ब्राउन सुगर र नियन्त्रणमा लिइएको मोटरसाइकसहित तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ। 

पक्राउ परेकाहरू नेपालमा लागुऔषध आपूर्ति गर्न आएको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरी स्रोतका अनुसार उनीहरू केही समययता भारतीय भूमिबाट नेपालमा लागुऔषध ‘सप्लाई’ गर्ने धन्दामा संलग्न रहेको सूचना प्राप्त भएको थियो। पक्राउ परेकाहरूमाथि इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ। उनीहरूविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरिएको जानकारी प्रहरीले दिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.