एकीकरणका महानायक पृथ्वीनारायण शाह

एकीकरणका महानायक पृथ्वीनारायण शाह

आधुनिक नेपालका संस्थापक राजा बडामहाराजधिराज पृथ्वीनारायण शाह दक्षिण एसियाको इतिहासमा एक उच्च, कुशल, महान्, पराक्रकी व्यक्तित्वका रूपमा परिचित छन् । उनको एकीकरण परियोजनाको दृष्टि र विरासतले शताब्दीयौंदेखि उल्लेखनीय उपेक्षाको सामना गरेको थियो । यस अर्थले भन्ने नै हो भने ऐतिहासिक, राजनीतिक र सामाजिक कारकहरू र मुलुकको राष्ट्रिय पहिचान, शासन र विकासमा यसको नतिजाहरू सहित यस उपेक्षाका विभिन्न आयामको खोजी गर्दछ ।

फलत: शाहको दृष्टिलाई सम्मान र दिगो बनाउन असफल भएकाहरूको आलोचनात्मक विश्लेषण गरेर, यो उपेक्षाले समसामयिक नेपाललाई कसरी असर गर्छ भनेर बुझ्ने लक्ष्यलाई पनि लिन सकिन्छ । पृथ्वीनारायण शाहले २० वर्षको उमेरमा सन् १७४३ मा सानो पहाडी राज्य गोरखाको सिंहासनमा आरोहण गरेका थिए । जुन नेपाललाई एकीकरण गर्ने उनको सपना क्षेत्रीय महत्त्वाकांक्षाले मात्र नभई बलियो, आत्मनिर्भर राष्ट्रनिर्माणको आवश्यकताबाट प्रेरित थियो । यसमा पनि विशेष गरी ब्रिटिस इस्ट इन्डिया कम्पनीको बाह्य खतरा र पहाडी र तराई राज्यबीचको आन्तरिक प्रतिस्पर्धाको सामना गर्दा उनले टुक्रिएका राज्यहरूका कमजोरी बुझेका थिए ।

रणनीतिक सैन्य अभियान, कूटनीतिक कुशलता र पूर्ण दृढ संकल्पका साथ शाहले सन् १७६८ मा यस क्षेत्रको सांस्कृतिक र आर्थिक केन्द्र काठमाडौं उपत्यकालाई सफलतापूर्वक विलय गरेका थिए । सन् १७७५ मा आफ्नो मृत्युको समयसम्म उहाँले एकताको जग बसाल्नु भएको थियो । त्यसबेला नेपाल, जसलाई उनका उत्तराधिकारीले पछि विस्तार गरे । ‘नेपाल चार जात छत्तीस उपजातिको बगैंचा हो’ भन्ने उनको प्रख्यात भनाइले समानुपातिक र समावेशी समाजको उनको आकांक्षा झल्काउँछ । उहाँका नीतिहरूले आत्मनिर्भरता, राष्ट्रिय एकता र सांस्कृतिक संरक्षणमा जोड दिएका थिए । जुन दृष्टिकोणलाई दुर्भाग्यवश, आधुनिक नेपालमा अक्सर बेवास्ता गरिएको थियो ।

पृथ्वीनारायण शाहको पनि बहुपहिचान छ । विभिन्न राज्य–रजौटा, भुरे–टाकुरे, स–साना आकारमा छरिएर रहेका हिमाली राज्यलाई एकीकरणको सूत्रमा बाँधी एउटा बलियो हिमाली राष्ट्र खडा गर्ने अभियन्ताका रूपमा उनको पहिचान कायम छ । वस्तुत: देशको सिमाना व्यापक र सुदृढ बनाउने चाहना राख्ने चिन्तकका रूपमा उनको अर्को पहिचान पनि पाइन्छ । कतिपयले उनलाई राजाका रूपमा हेर्ने गरेका छन् । तर, उनको क्रियाकलाप अध्ययन गर्दा नेपाल राष्ट्रनिर्माता, राष्ट्राध्यक्ष, राष्ट्रप्रेमीको पहिचानसमेत देखिन्छ । विगतमा उनको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसमा रूपमा राज्यले मनाउने गरेको थियो । पृथ्वीनारायण शाह नेपालका राष्ट्रनिर्माता, युगपुरुष, राष्ट्रभक्त र सर्वोपरि रूपमा आधुनिक नेपालका निर्माता हुन् । सारा जीवन राष्ट्रनिर्माणका निम्ति लगाउने एक ठूला साधक हुन् । यस्ता राष्ट्रप्रेमी युगपुरुषले राष्ट्रनिर्माता पृथ्वीनारायणको विराट् व्यक्तित्व प्रकट हुन्छ ।

शाहले टुक्राटुक्रामा विभाजित राज्यलाई एक सूत्रमा आबद्ध गरी नयाँ नेपालको जग बसालेका मात्र होइनन्, तत्कालीन नेपालको सामाजिक, राजनीतिक, आर्थिक आदि विभिन्न तहको राम्रो अध्ययन, मनन, विश्लेषण गरी त्यसका आधारमा निचोड निकालेर विभिन्न नीति निर्धारण गरेका थिए । नेपाल र सम्पूर्ण नेपालीको अस्तित्व जोगाउन विभाजित नेपाललाई एक सबल र अखण्ड राष्ट्रका रूपमा खडा गराउने महान् कार्य शाहबाटै भएकोमा इतिहास साक्षी छ । यसर्थ, नेपाल राष्ट्रको स्वतन्त्रता अक्षुण्ण राख्ने पृथ्वीनारायणकै एकीकरणका कारण ब्रिटिस भारतको चंगुलबाट बच्न सहज भयो ।

यसरी देशभक्ति, वीरता र स्वाभिमानले ओतप्रोत भएका उनले नेपालको अस्तित्व जोगाउन चाहिने नेतृत्व मात्र प्रदान गरेनन्, स्वयं निरन्तर राष्ट्रको विस्तार र विकासमा समेत क्रियाशील रहे । जबकि, एसियाको यस भूभागमा तमाम देश, राज्य र रजौटा एकपछि अर्को विदेशी सत्तासामु नतमस्तक भई आत्मसमर्पण गर्न बाध्य भइराखेका थिए । नेपालको इतिहासमा पृथ्वीनारायणको गरिमा विशिष्ट र अतुलनीय रहिआएको छ । राष्ट्रनिर्माता शाहको अथक प्रयास र पराक्रमबाट वर्तमान नेपालको एकीकरण भयो र हामी नेपाली कहलाउन पायौं । नेपाल चार वर्ण छत्तीस जातको साझा फूलबारी भएका कारण यहाँ जाति, धर्म र सम्प्रदायबीच कहिले पनि झै–झगडा र मनोमालिन्य भएको देखिन्न ।

नेपालको ऐतिहासिक पृष्ठभूमि हेर्ने हो भने यहाँ लिच्छविकालीन राजा अंशु बर्माको शासनलाई नेपालको स्वर्णयुग मानिन्थ्यो । यस युगमा सुनका सिक्कासमेत चलाइन्थ्यो । यही सत्यतालाई अन्य राजाले अँगाल्दै आउँदा बीचमा केही समय बाइसी–चौबिसी राजा रजौटाले मुलुकको स्वतन्त्र अस्तित्वलाई खलबल्याउने प्रयत्न गरे पनि त्यस्तो प्रयास निष्फल हुन गयो । पृथ्वीनारायण शाहले टुक्रिन लागेका भूभागलाई एक सूत्रमा बाँध्ने अभिलाषाले बाइसी–चौबिसी राज्यको उन्मूलन गरेर काठमाडौं, ललितपुर, भक्तपुर र अधिराज्यभरका सम्पूर्ण राज्यलाई एउटै राष्ट्रिय झन्डामुनि एउटै राजाको नेतृत्वमा ल्याउने अभियान सुरु गरे । जसलाई उनका उत्तराधिकारीले पूर्णता दिए ।

शाहको सम्पूर्ण जीवन युद्धमै बिते पनि उनले शासन सुधार्ने र जनतालाई सुख–सुविधा दिने कार्यमा प्रशस्त ध्यान दिएका छन् । उनले जातीय तथा वर्गीय भेदभाव नराखी सबै जनताको सहयोगमा विशाल मुलुक स्थापित गरे । उनी परराष्ट्र मामिलामा अत्यन्त सचेत र दूरदर्शी थिए । नेपालले अपनाइरहेको असंलग्न परराष्ट्र नीतिका आरम्भकर्ता उनै हुन् । शाहको तुलना उनका उत्तराधिकारी र अन्य राजासँग गर्न मिल्दैन । इतिहास शासकको चाहनाअनुसार लेखिन्छ भन्ने वक्रोक्ति उनका हकमा पूरै चरितार्थ छ । नेपालको भौगोलिक एकीकरण अभियानको नेतृत्व गर्ने उनको सम्मान गर्न यो जन्मजयन्तीलाई सरकारले राष्ट्रिय पर्व घोषित गरेको छ । उनको एकीकरण परियोजना मुलुकको इतिहासमा एउटा ठूलो सफलताको क्षण थियो । मूलत: बलियो, एकताबद्ध र स्वतन्त्र राष्ट्रका लागि उहाँको दृष्टिकोणले नेपाली पुस्तालाई प्रेरणा दिइरहेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.