विराटनगरमा ‘सुरक्षित चालक’ अभियान, सिटी सफारी चालकलाई छुट्टै पोसाक

विराटनगरमा ‘सुरक्षित चालक’ अभियान, सिटी सफारी चालकलाई छुट्टै पोसाक
सुन्नुहोस्

विराटनगर : विराटनगरका सडकमा वर्षौँदेखि देखिँदै आएको सिटी सफारी (ई–रिक्सा)को अव्यवस्थित, असुरक्षित र मनपरी सञ्चालनलाई अन्त्य गर्ने उद्देश्यसहित नयाँ अभियान सुरु गरिएको छ। यात्रु सुरक्षालाई केन्द्रमा राखेर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले अघि सारेको ‘सुरक्षित चालक’ अभियानअन्तर्गत अब विराटनगरमा चल्ने सिटी सफारी चालक ट्राफिक प्रहरीद्वारा प्रशिक्षित, प्रमाणित र स्पष्ट पहिचानसहित सडकमा देखिने छन्। 

अभियानमार्फत लाइसेन्सविहीन चालक, लापसे (लागु पदार्थ सेवन) तथा मापसे (मादक पदार्थ सेवन) गरेर  सवारी चलाउने प्रवृत्ति, ओभरस्पिड, जथाभावी पार्किङ, अव्यवस्थित सञ्चालन र भारतीय नागरिकद्वारा अवैध रूपमा सफारी चलाउने समस्यालाई एकैसाथ समाधान गर्ने लक्ष्य छ। विराटनगरमा कति सिटी सफारी सञ्चालनमा छन् र तीमध्ये कति चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छ भन्ने आधिकारिक तथ्यांक नहुनु नै नियमनको सबैभन्दा ठूलो चुनौती बनेको थियो। यही अन्योल हटाउन ट्राफिक प्रहरीले लाइसेन्स प्राप्त चालकको व्यवस्थित दर्ता प्रक्रिया सुरु गरेको हो।

ट्राफिक प्रहरीले नेपालमै पहिलोपटक कम्प्युटर प्रणालीमार्फत सफारी चालकको विवरण अभिलेखीकरण गर्ने व्यवस्था मिलाएको छ। दर्ता पूरा भएपछि प्रत्येक चालकलाई छुट्टै दर्ता नम्बर दिइन्छ। जुन ‘सुरक्षित चालक’ लेखिएको विशेष ज्याकेटको पछाडि स्पष्ट देखिने गरी राखिन्छ। यात्रुले चालकको नाम, ठेगाना वा सफारी नम्बर खोजिरहनु पर्दैन। ज्याकेटमै देखिने दर्ता नम्बरका आधारमा कुनै गुनासो, समस्या वा उजुरी सजिलै गर्न सकिने व्यवस्था मिलाइएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए।

दर्ता प्रक्रिया सकिएपछि चालकलाई ट्राफिक प्रहरीले विशेष अनुशिक्षण तालिम दिनेछ। तालिम पूरा गरेपछि मात्र चालकले ‘सुरक्षित चालक’ लेखिएको ज्याकेट पाउनेछन्। इन्स्पेक्टर न्यौपानेका अनुसार यो ज्याकेट चालकको पोसाक मात्रै नभएर जिम्मेवारी र अनुशासनको प्रतीक पनि हो। ट्राफिक प्रहरीद्वारा प्रशिक्षित र प्रमाणित ‘सुरक्षित चालक’ अन्य साधारण चालकको तुलनामा कम्तीमा ८० प्रतिशत बढी सुरक्षित मानिने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.