महाधिवेशनले चाह्यो भने नेता पनि छान्छ, नीति पनि बदल्छ : गगन थापा

महाधिवेशनले चाह्यो भने नेता पनि छान्छ, नीति पनि बदल्छ : गगन थापा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाधिवेशनले चाह्यो भने नेता र नीति दुवै बदल्न सक्ने बताएका छन्। विशेष महाधिवेशनको उद‍घाटन सत्रमा सम्बोधन गर्दै उनले बन्द सत्रले गर्ने निर्णय आफूलाई स्वीकार हुने बताए।

उनले विशेष महाधिवेशन कहाँ गएर टुंगिने आफूलाई पनि थाहा नभएको बताए। 'बन्द सत्र कहाँ गएर टुंगिन्छ मलाई थाहा छैन। विशेष महाधिवेशन माग गर्ने सदस्यहरूले नीति पनि दल्ने र नेता पनि बदल्ने भन्नुएको छ। यो मैले मागेको होइन। तपाईंहरूले मागेको हो। म पनि यहाँ पाहुना भएर आएको हुँ। हाउसले जे निर्णय गर्छ, त्यो मैले मान्नुपर्छ। जहाँ गएर टुंगिन्छ, त्यसलाई मैले स्वीकार्नुपर्छ,' महामन्त्री थापाले भने।

उनले विशेष महाधिवेशनलाई विशेष बनाएर टुंग्याउने बताए। 'उद्‍घाटन पार्टी सभापतिले गरेको देख्न चाहन्थ्यौं। यो सब देखेर कांग्रेसमा झगडा भइरहेको लाग्न सक्छ। कोही उपस्थित र कोही नभएको देख्न सक्छन्। यो शक्ति र सत्ताको संघर्ष होइन। यो विचार, मूल्य र मान्यताको संघर्ष हो,' थापाले भने।

उनले यहाँ कोही मालिक र कोही दास नभएको बताए। 'यहाँ सबै बराबर छन्। लामो समयदेखि पार्टीमा जाम भएको थियो। त्यो आजबाट भत्किएको छ। अब कसैले पनि पार्टीको सदस्यलाई हेप्न सक्दैन। तल बसेकालाई माथिकाले सलाम गर्न पर्छ। अब तलकाले माथिलाई गर्ने होइन,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.