बैतडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु

बैतडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
सुन्नुहोस्

बैतडी : बैतडीमा जिप दुर्घटना भएको छ। जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका–८ को विजयपुर नजिकै सुर्नया गाउँपालिका–६ को मोतिनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म१ज २२४ नम्बरको जिप आज बिहान दुर्घटना भएको हो।  

दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। ६ जना घाइते भएका छन्। मृतकको पहिचान खुल्न सकेको छैन भने घाइतेहरूलाई डडेल्धुरा अस्पताल पठाइएको खोडपे प्रहरी चौकीका इन्चार्ज उदयसिंह कठायतले जानकारी दिए।

जिपमा करिब १० जना सवार रहेको बुझिएको छ। जिप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.