जिप दुर्घटना अपडेट : मृतकको पहिचान खेल्यो, १५ जनाभन्दा बढी घाइते
बैतडी : बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिक भएको जिप दुर्घटना तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कुमार रायलले दिएको जानकारी अनुसार बैतडीको सिगास गाउँपालिका–१ का २४ वर्षका निसान्त बोहरा, सोही ठाउँका २८ वर्षका भानदेव भट्ट र डडेल्धुराको आलिताल–३ का १३ वर्षका राकेश रावलको घटनास्थलमै ज्यान गएको छ।
दुर्घटनामा अन्य १५ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घाइतेहरूको उद्धार हुँदै डडेल्धुरा अस्पताल लैजानेक्रम जारी रहेको प्रहरीले जनाएको छ। अहिलेसम्म एक जना महिलालाई मात्रै डडेल्धुरा अस्पताल पुर्याएको छ।
बैतडीको सुर्नया गाउँपालिका–६ मोतिनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म१ज २२४ नम्बरको बोलेरो जिप आज बिहान करिब १० बजेको समयमा दुर्घटनामा परेको हो।
जिपमा २० जनासम्म सवार रहेको बुझिएको छ। जिप सडकबाट करिब ४ सय मिटर तल खसेकाले थप विवरण आउन अझै बाँकी छ। घाइतेहरूको उद्धारमा स्थानीय र प्रहरीको टोली खटिएको छ।
प्रतिक्रिया दिनुहोस !