बैतडीमा जीप दुर्घटना अपडेट : मृतकको संख्या ४ पुग्यो, ६ जना घाइतेको उपचार हुँदै

बैतडीमा जीप दुर्घटना अपडेट : मृतकको संख्या ४ पुग्यो, ६ जना घाइतेको उपचार हुँदै
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

बैतडी : बैतडीमा जीप दुर्घटना परी मृत्यु हुनेको संख्या ४ पुगेको छ।  जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका-६ को मोतिनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको जिप सोमबार बिहान दुर्घटनामा परेको हो।  पाटन नगरपालिका–८ को विजयपुर नजिकै दुर्घटना भएको हो।

 मृतक चारैजनाको पहिचान खुलिसकेको छ। मृत्यु हुनेमा बैतडीको सिगास गाउँपालिका–५ का २४ वर्षीय निसान्त बोहरा, सिगास गाउँपालिका–१ का २९ वर्षीय भानदेव भट्ट, सिगास गाउँपालिका–१ कि २९ वर्षीय बसन्ती ऐर र डडेल्धुराको आलिताल गाउँपालिका–३ चौरका  १३ वर्षीय राकेश रावल रहेको प्रहरीले जनाएको छ।
 

बसन्ती ऐरको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्यको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक दिपक कुमार रायले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनामा परी ६ जना घाइते भएका छन् । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.