सीके राउत नेतृत्वको जनमतबाट समानुपातिक सूचीमा रहेका १८ जनाले लिए नाम फिर्ता
काठमाडौं : सीके राउत नेतृत्वको जनमत पार्टीको समानुपातिक सूचीमा रहेका १८ जनाले बन्दसूचीबाट नाम फिर्ता लिएका छन्।
पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै लक्ष्मी खड्का नेतृत्वको समूहले समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिएको हो। जनमत पार्टीको खस आर्य र जनजाति समूहमा रहेका उनीहरूले आफ्नो नाम फिर्ता लिएका हुन्।
बन्दसूचीबाट नाम फिर्ता लिनेमा लक्ष्मी बराल, सुमित्रा खतिवडा, प्रतिक्षा पौडेल थापा, कृष्ण भट्टराई, लक्ष्मी खड्का, दिनेश पाण्डे, साधना कुमारी पराजुली, प्रमिला श्रेष्ठ तिवारी, खड्गबहादुर तामाङ, पूजा मर्दनिया, प्रकाश श्रेष्ठ, खड्गबहादुर तामाङ, गेदबहादुर थापा मगर, चेतबहादुर कार्की, सुमनराज काफ्ले, सन्जिवकुमार खड्का र तेजप्रसाद आचार्य छन्।
जनमत पार्टीका सचिवालय सदस्य राजेश मण्डलका अनुसार समानुपातिक बन्दसूचीमा नाम तल परेपछि उनीहरूले नाम फिर्ता लिएका हुन्। उनीहरूको सट्टामा अरुको नाम बन्दसूचीमा राखिने मण्डलले अन्नपूर्णसँग बताए।
प्रतिक्रिया दिनुहोस !