महामन्त्रीहरूलाई देउवाले भने - पार्टी टिकटमा भएको हस्ताक्षर फिर्ता लिन्छु, तर कांग्रेस फुट्नु हुँदैन

महामन्त्रीहरूलाई देउवाले भने - पार्टी टिकटमा भएको हस्ताक्षर फिर्ता लिन्छु, तर कांग्रेस फुट्नु हुँदैन

काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम राख्न आफू जस्तोसुकै लचक हुन पनि तयार रहेको बताएका छन्। बुधबार आफ्नै निवासमा विशेष महाधिवेशनका सन्दर्भमा पार्टीभित्रदेखिको विवादका विषयमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितको टोलीसँगको छलफलमा सभापति देउवाले पार्टीलाई एकताबद्ध भएर अघि बढाउनुपर्ने भन्दै यसका लागि आफू जस्तोसुकै लचक हुन पनि तयार रहेको बताएको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए।

टिकट वितरणका लागि निर्वाचनमा आफ्नो आधिकारिक हस्ताक्षर बुझाइएको विषयमा त्याग गर्नुपर्ने मागका सन्दर्भमा उनले आफू त्यसलाई छोड्न तयार रहेको बताएको प्रवक्ता महतले जानकारी दिए ।

उनले अन्य विषयवस्तुमा ठूलो समस्या नभएकाले पार्टी फुटबाट जोगाउनका लागि पनि महामन्त्रीहरूलाई आग्रह गरेको महतले बताए । त्यस्तै सभापति देउवाले संसदीय बोर्ड नै सल्लाह गरेर गठन गर्न समेत प्रस्ताव गरेको उनले जानकारी दिए।

सभापति देउवाले चुनाव लड्ने विषयमा आएका विषयमा महामन्त्रीद्वयले सभापतिले चुनाव लड्न नहुने कुरा नगरेको स्पष्ट पारेको महतले बताए । महामन्त्रीद्वय थापा र शर्माले सभापति देउवासँग छलफल भएका विषयमा विशेष महाधिवेशनमा छलफल गर्ने बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.