भारत भ्रमण सकेर स्वदेश फर्किइन् आरजु राणा
काठमाडौं : नेपाली कांग्रेसकी नेतृ एवं पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वदेश फर्किएकी छन्। गत पुस २१ गते भारतको नयाँ दिल्ली गएकी आरजु बुधबार साँझ नेपाल एयरलायन्सको विमानबाट स्वदेश फर्किएकी हुन्
भारतमा रहँदा उनले को-कोसँग भेटवार्ता गरिन् भन्ने विषयमा खुलेको छैन। 'उहाँ नेपाल एयरलायन्सको विमानबाट आज फर्किनुभएको हो,' स्रोतले अन्नपूर्णसँग भन्यो।
प्रतिक्रिया दिनुहोस !