झापाको कनकाईमा पिकअप गाडी र बस ठोक्किदा आमा-छोराको मृत्यु, ११ जना घाइते

झापाको कनकाईमा पिकअप गाडी र बस ठोक्किदा आमा-छोराको मृत्यु, ११ जना घाइते
दुर्घटनास्थल । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा : झापाको कनकाईमा पिकअप गाडी र बस  ठोक्किदा आमा र छोराको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा भद्रपुर नगरपालिका ८ की ४० वर्षीया सुस्मा राजवंशी र उनकी डेढ वर्षीय बालक आरुती राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको  छ । 

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका -३ स्थित नयाँ बस्तीमा बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस ठोक्किदा  दुर्घटना भएको हो । 

घाइतेको बिर्तामोडस्थित बिएण्डसी अस्पताल र बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये  दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । माघ १ गते माघे संक्रान्तिको अवसरमा माई नदीमा ठुलो मेला लाग्ने गरेको छ । उक्त पिकअप गाडीमा माई मेला गएर फर्किएको  प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.