षडानन्दमा नेपालकै पहिलो बीउ बैंक

षडानन्दमा नेपालकै पहिलो बीउ बैंक
सुन्नुहोस्

दिंला (भोजपुर) : भोजपुरको षडानन्द नगरपालिकामा नेपालमै पहिलोपटक बिहीबारबाट बीउ बैंक सञ्चालनमा ल्याइएको छ। शून्यबाट सुरु गरेर नगरपालिका आफैंले बीउ बैंक स्थापना गरी सञ्चालनमा ल्याएको हो। दिंला बजारमा आयोजित चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा प्रथम कन्दमुल प्रदर्शनी कार्यक्रमको अवसरमा नगर प्रमुख सुरेन्द्रकुमार उदास र उपप्रमुख प्रमिला राईले बैंकको उद्घाटन गर्दै कुनै पनि बाली बाहिर खोज्न नजाने गरी बैंकको स्थापना गरेर रैथाने प्रजातिका बीउको व्यवस्था मिलाइएको मेयर उदासले बताए।

उनका अनुसार एक वर्षअघि षडानन्द नगरपालिकाले आयोजना गरेको कृषि बीउ प्रदर्शनीबाट बीउ ब‌ैंक स्थापनाको अवधारणा सुरु भएको हो। उदासले परम्परागत कृषि प्रणाली, कृषकको ज्ञान र स्थानीय स्रोत साधनप्रतिको सम्मानको प्रतिविम्ब रहेको बताए। नगरपालिकाले बीउ बैंक स्थापनाका लागि कार्यविधि तयार गरी राजपत्रमा प्रकाशित गरेको थियो। रैथाने जातको बीउ संरक्षण आवश्यक रहेको उदासले बताए। रैथाने जात लोप हुँदै गएकाले बीउ संरक्षणका लागि नगरपालिकाले अग्रसरता लिएको उनको भनाइ  छ। उनले कृषकलाई व्यावसायिकरणतर्फ आकर्षित हुन बीउ बैंकले सहयोग पुग्ने अपेक्षा गरे। 

नगरले सुन्तला, अलैँची लगायतका बालीको उत्पादन बढाउन प्रवर्धन गरिरहेको मेयर उदासको भनाइ छ। किसानबाट बीउ खरिद गरेर अवश्यक पर्नेलाई वितरण गरिने उनले बताए। कृषि विज्ञ एवं सामुदायिक बीउ बैंकका सल्लाहकार पीताम्बर श्रेष्ठले षडानन्द बीउ बैंकमा अहिले २७ बालिका ११५ जात रैथाने लोपन्मुख बीउहरू रहेको जानकारी दिए । उनले बीउहरू नगरको रातो किताबमा  विस्तृत विवरणसहित अभिलेखीकरण गरिने बताए। सामुदायिक बीउ विज्ञसमेत रहेका श्रेष्ठले बीउ बैंकमा स्थानीय कृषकले माग गर्ने र कृषि शाखाले उपलब्ध गराउने जानकारी दिए।

षडानन्द नगरपालिकाले पहिलो पटक नेपालमै कार्यविधि तयार गरी बीउ बैंक स्थापना गरेको उनले बताए। षडानन्दपछि अहिले देशका विभिन्न स्थानीय तहहरूले बीउ बैंकको कार्यविधि बनाउने तयारी गरेको श्रेष्ठले बताए। बीउ बिना जीवन नचल्ने भएकाले संरक्षण आवश्यक रहेकोमा उनको जोड दिए। उनले विश्वका ७५ प्रतिशत र नेपालबाट ४५ प्रतिशत रैथाने जात लोप भइसकेको जानकारी दिए। समुदायलाई पनि बीउ संरक्षणमा सहयोग गर्न उनले आग्रह गरेका छन्। 

षडानन्द बीउ बैंकमा रहेका रैथाने जातका बीउहरू राष्ट्रिय जीन बैंकमा पठाइने श्रेष्ठले बताए। उनले नगरलाई कृषि ऐन निर्माण र नियमित रूपमा कृषि संवाद कार्यक्रम आयोजना गर्न आग्रह गरेका छन्। नगर उपप्रमुख प्रमिला राईले लोप हुन लागेको बालीको संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको बताइन।  नगरले कृषि र कृषि व्यवसायीलाई प्रवर्द्धनको काम गरिरहेको उनको भनाइ छ। बीउ बैंकसँगै कृषकको उत्पादनलाई केन्द्रित गरेर कोसेली घर सञ्चालनको तयारीमा रहेको जानकारी उपमेयर राईले दिइन्। नगरले कृषिलाई प्राथमिकता दिएर काम गरिरहेको उनले बताइन्।

नगरका प्रमुख प्रशासकीय अधिकृत मणिराम तामाङले बीउ बैंकले रैथाने जातको संरक्षणमा ठूलो सहयोग पुग्ने बताए। रैथाने बीउ नै नगरको सम्पत्तिको स्रोत भएको उनले बताए। नगरपालिकाले भन्दा पनि कृषि सहकारी मार्फत बीउ संकलन गर्दा प्रभावकारी हुने उनको भनाइ छ। षडानन्द नगरपालिका कृषि समितिका सभापति तथा वडा नम्बर ९ का वडाध्यक्ष ङिमा शेर्पाले कन्दमुल र जडिबुटीमा धनी रहेको बताए। बीउ बैंकले रैथाने बालीको संरक्षणमा सहयोग पुग्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.