गगन थापा समूहको दावी - २९ जना महाधिवेशन प्रतिनिधिले मात्रै हस्ताक्षर फिर्ता लिएका हुन्

गगन थापा समूहको दावी - २९ जना महाधिवेशन प्रतिनिधिले मात्रै हस्ताक्षर फिर्ता लिएका हुन्
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले पुस ३० गते सम्पन्न दोस्रो विशेष महाधिवेशन विधानसम्मत,बहुमत प्रतिनिधिको उपस्थिति र सहभागितामा पूर्णरूपमा वैधानिक तरिकाले सम्पन्न भएको स्पष्ट पारेको छ। गगन थापा नेतृत्वको कांग्रेस प्रवक्ता देवराज चालीसेले विज्ञप्ति जारी गर्दै पार्टीको दोस्रो विशेष महाधिवेशन पूर्णरूपमा वैधानिक र विधिसम्मत रहेको दावी गरेका हुन्।

विशेष महाधिवेशनपछि केही महाअधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर फिर्ता लिएको भन्ने विषय बाहिरिएपछि पार्टी केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै त्यसको सत्यता र वैधानिक प्रभावबारे प्रस्ट पारेको हो।

पार्टीका अनुसार विशेष महाधिवेशनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति भंग गरी १५ औँ महाधिवेशन सम्पन्न नहुन्जेलसम्मका लागि गगनकुमार थापाको सभापतित्वमा नयाँ केन्द्रीय समिति गठन गर्ने निर्णय गरेको थियो, जुन निर्णय सार्वजनिक भइसकेको छ।

केन्द्रीय समितिका अनुसार दर्ता हुँदा कुल २ हजार ४८८ जना महाअधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संलग्न थियो। दर्तापछि  २९ जना प्रतिनिधिहरूले मात्र हस्ताक्षर फिर्ता लिएको हुन्। अधिवेशनका क्रममा कुल ४ हजार ६३५ जना महा्धिवेशन प्रतिनिधिमध्ये २ हजार ६५२ जना प्रतिनिधिहरूको उपस्थिति रहेको पार्टीले जनाएको छ। 

'विशेष महाधिवेशन असोज २९ गते पार्टी कार्यालयमा दर्ता हुँदा कुल २ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संलग्न थियो।  दर्तापछि केवल २९ जनाले हस्ताक्षर फिर्ता लिएका थिए। अधिवेशनमा कूल महाधिवेशन प्रतिनिधि संख्या ४,६३५ मध्ये २,६५२ जना महाधिवेशन प्रतिनिधि उपस्थिति रहेको थियो ।  उपस्थित सबै प्रतिनिधिहरूले निर्णय प्रक्रियामा पूर्ण रूपमा भाग लिए र मतदान र बहसमा सक्रिय सहभागी भए,'विज्ञप्तिमा भनिएको छ।

पार्टीले विशेष महाधिवेशन सम्पन्न भइसकेपछि फिर्ता लिइएको भनिने कुनै पनि हस्ताक्षरले अधिवेशनको वैधानिकता,निर्णय प्रक्रिया वा निर्णयहरूको वैधतामा कुनै प्रभाव नपर्ने स्पष्ट पारेको छ।

नेपालको संविधान,नेपाली कांग्रेसको विधान तथा नियमावलीअनुसार एकपटक विधिसम्मत रूपमा सम्पन्न भएको अधिवेशनका निर्णयहरू पछिल्लो हस्ताक्षर फिर्ताको आधारमा रद्द वा प्रभावित गर्न नमिल्ने केन्द्रीय समितिको भनाइ छ।

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधरले भने ८८५ जना महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर फिर्ता लिएको दावी गरे‍को छ। शुक्रबार निर्वाचन आयोग पुगेर देउवा समूहले ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको जानकारीसहितको विवरण बुझाइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.