देउवा समूहले बोलायो केन्द्रीय कार्यसमितिको बैठक
काठमाडौं : शेरबहादुर देउवा समूहले नेपाली कांग्रसको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएका गगनकुमार थापाको नेतृत्वलाई आधिकारिकता प्रदान गरेपछि पूर्णबहादुर खड्काले शनिबार बिहान ८ बजे बस्ने गरी बैठक बोलाएका हुन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य एवं ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि आह्वान गरिएको छ।
प्रतिक्रिया दिनुहोस !