विवादित सतलोक आश्रमको गतिविधिमा रोक

विवादित सतलोक आश्रमको गतिविधिमा रोक
सुन्नुहोस्

ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिका-२ स्थित रहेको सतलोक आश्रमको गतिविधिमा नगरपालिकाले रोक लगाएको छ। पछिल्लो समय विवादित बनेको पूर्णबह्रम कविर उपासक समाज नेपाल(सतलोक आश्रम)को गतिविधिमा नगरपालिकाले रोक लगाएको हो।

कानुन विपरीत आश्रमले निर्माण गरेको अनधिकृत संरचना बनाउने लगायत अन्य गतिविधिहरू यथाशीघ्र रोक्न निर्देशन दिइएको मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोले जानकारी दिए। ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा नक्सा पास नगराई भवन निर्माण गर्न नहुने भनी उल्लेख छ। गैरसरकारी संघसंस्थाहरुले नगरपालिकाबाट अनुमति लिई मात्र आफ्ना गतिविधि गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ,’ नगरप्रमुख महतोले भने ‘उक्त कानुनी व्यवस्था विपरीत गतिविधि गरेको व्यापक जनगुनासो प्राप्त भएकोले सो कार्य यथाशीघ्र रोक्न अनुरोध गरेका छौं।’

एलानी जग्गा कब्जा गरेर आश्रम बनाएको भन्दै पूर्वनिर्धारित समय अनुसार गत पुस २६ गते जग्गा नापजाँच गराउन आश्रम पुगेका स्थानीय र आश्रमका अनुयायीबीच झडप भएको थियो। उक्त झडपमा आधा दर्जन बढी स्थानीय घाइते भएका थिए। त्यसपछि आक्रोशित बनेका स्थानीयहरू जनकपुर–ढल्केवर सडक खण्डमा चक्काजाम गरेका थिए। सडक खुलाउन प्रहरीले १६ सेल अश्रुग्याँस प्रहार गरेका थिए।

उक्त आश्रममा भारतमा जेल जीवन बिताइरहेका रामपालको पूजा आराधना हुँदै आएको छ। त्यसका लागि नेपालका विभिन्न ठाउँसहित भारतबाट समेत अनुयायीहरु यहाँ आउने गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.