काठमाडौंका मेयर बालेनले दिए राजीनामा

काठमाडौंका मेयर बालेनले दिए राजीनामा

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राजीनामा दिएका छन्। उनले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्। 

उनले नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम आजदेखि लागू हुने गरी स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन्। आफू मेयर पदमा रहँदा नगरवासीको हितका लागि काम गरेको राजीनामा पत्रमा उल्लेख छ।

'यस पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक गर्ने प्रयास गरेको छु। अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै, तपाईं तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु,' उनले भनेका छन्।

मेयर बालेनले अब सक्रिय राजनीतिमा प्रवेश गर्ने भएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा आगामी निर्वाचनमा सहभागी हुँदैछन्। उनले झापा-५ बाट उम्मेदवारी दिने तयारीसमेत गरेका छन्। 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.