ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु
सुन्नुहोस्

उदयपुर : उदयपुरको उदयपुरगढी गाउँपालिका-७ अधेरिमा आइतबार दिउँसो ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्ग हुँदै कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०६-०१ ख ०५०५ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो।
 
उनीहरूको अहिलेसम्म सनाखत हुन सकेको छैन । दुवै जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन चापागाईंले बताए। ट्रक सडकबाट ५० मिटर तल अधेरी खोलामा झरेको जनाएको छ। दुर्घटना भई गम्भीर घाइते भएका चालक तथा सह-चालकलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर लैजाने क्रममा साँझ ५ बजे मृत्यु भएको उनले बताए। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.