डडेलधुरामा देउवा समूहले घेर्‍यो निर्वाचन कार्यालय

डडेलधुरामा देउवा समूहले घेर्‍यो निर्वाचन कार्यालय
सुन्नुहोस्

डडेलधुरा : डडेलधुरामा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका समूहले जिल्ला निर्वाचन कार्यालय डडेलधुरा घेराउ गरेका छन्। निर्वाचन आयोगले कांग्रेसको विधान विपरीत अर्को समूहलाई आधिकारिकता दिएको आक्रोशमा डडेलधुरामा तरुण दलले निर्वाचन कार्यालय घेराउ गरी नाराबाजी गरेका हुन्।

कांग्रेसको नियम र विधान विपरीत विशेष अधिवेशनको नाटक गरेका कांग्रेस महामन्त्री गगन थापा समूहलाई आधिकारिकता दिँदै झण्डा र चिन्ह प्रदान गरेको विरोधमा निर्वाचन कार्यालय घेराउ गरेको तरुण दलका जिल्ला अध्यक्ष करन बोहराले जानकारी दिए।

निर्वाचन कार्यालयले कांग्रेसको विधान विपरीत निर्वाचन आयोगले पार्टी सभापति शेरबहादुर देउवालाई आधिकारिकता नदिएको कारण कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल डडेलधुराको आयोजनामा नेविसंघ र पार्टीका नेता तथा कार्यकर्ताले आइतबार निर्वाचन कार्यालय घेराउ गरेका हुन्।

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतका नेताले सर्वोच्चमा दायर गरेको मुद्दा तथा मागअनुसार आधिकारिकता सभापति देउवा समूहले पाउनुपर्ने दाबी सम्बोधन नभए बृहत रूपमा आन्दोलनमा जाने कार्यक्रम रहेको कांग्रेस डडेलधुराले जनाएको छ। 

आइतबार नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको बैठकले आन्दोलनका कार्यक्रम गर्ने निर्णय बमोजिम निर्वाचन कार्यालय घेराउ गरिएको हो। सर्वोच्चको फैसला कांग्रेसको विधि, पद्धति र विधानमा टेकेर हुनुपर्ने र अन्यथा भए संघर्षका कार्यक्रम तय गरी अगाडि बढ्ने कांग्रेस कार्यवाहक सभापति डिल्ली राज जोशीले जानकारी दिए।

नेपाल विद्यार्थी संघ शिक्षा क्याम्पस इकाई प्रमुख दुर्गा भट्टले आयोगले गरेको निर्णय कदापि स्वीकार्य नहुने भन्दै देउवा पक्षले वैधानिकता नपाएसम्म आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिए। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि जगत ऐरले विदेशीको चलखेलमा थालिएको यो कदम मान्य नहुने भन्दै पटक–पटक यस जिल्लाबाट चुनाव जित्दै आएका सभापति देउवा र सिंगो डडेलधुराका कांग्रेस र मतदाताप्रति अन्याय भएको बताए।

देउवा डडेलधुराबाट ०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ गरी सातवटा निर्वाचनमा विजयी भएका थिए। आगामी फागुन २१ मा हुने निर्वाचनका लागि पनि डडेलधुरा कांग्रेसले एकल रूपमा देउवाको नाम सर्वसम्मत निर्णय गरी पठाएको कांग्रेस सहसचिव प्रेम महरले जानकारी दिए। 

सभापति देउवाका बारेमा उम्मेदवार हुने–नहुने विषयमा केन्द्रबाट आइरहेका भ्रमपूर्ण कुराहरू समाचार माध्यमबाट सुन्न आएकामा ती कुराले डडेलधुराका मतदातालाई दुःखी बनाएको सहसचिव महरले बताए। यस किसिमका भ्रमपूर्ण कुराहरूले कांग्रेसलाई ठूलो क्षति भइरहेको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.