बाबुरामले घोषणा गरे अन्तिम घडीमा उम्मेदवारी घोषणा गर्नुका पाँच आधार

बाबुरामले घोषणा गरे अन्तिम घडीमा उम्मेदवारी घोषणा गर्नुका पाँच आधार
सुन्नुहोस्

गोरखा : पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नुका पाँच आधार प्रस्तुत गरेका छन्। केही दिन अघिसम्म उम्मेदवार नबन्ने धारणा सार्वजनिक गरिरहेका डाक्टर भट्टराईले सोमबार बिहान गोरखामा पत्रकार सम्मेलन आयोजना गरी उम्मेदवारी घोषणा गर्नुका पाँच आधार पेश गरेका हुन्। देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले यसलाई स्थिरता दिन आफूले चुनावमा जाने घोषणा गरेको बताए। 

‘नेपालको जुन जटिल भूराजनीति छ, पछिल्ला दिनहरूमा खास गरी भदौ २४–२७ पछि जुन हामी अन्तरिम सरकार बनाएर चुनावतिर गयौँ, यो सरकारले यतिबेलासम्म पनि स्थिरता ग्रहण गरिसकेको छैन। चीन र भारतको बीचमा रहेको संवेदनशील क्षेत्रमा हामी छौँ। चीनजस्तो पहिलो हुँदै गएको, भारतजस्तो तेस्रो अर्थतन्त्र बन्दै गएको शक्ति र अमेरिकालगायत पश्चिमा मुलुकको सामरिक स्वार्थ र चासो मढारिरहेको संवेदनशील ठाउँमा हामी छौँ’, उनले भने, ‘त्यसले हाम्रो देशको स्वाधीनता, सार्वभौमसत्तालाई नै ठीक ढंगले लैजान नसक्दा प्रतिकूल असर पार्न सक्ने स्थितिमा हामीजस्तो मान्छे प्रतिनिधिसभामा रहेर देशको सार्वभौमसत्ता, स्वाधीनताको रक्षा गर्न भूमिका खेल्नुपर्छ भन्ने अनुभूति गरेँ। त्यसैले उम्मेदवारी दिने घोषणा गरेँ। दोस्रो कुरो, पुराना ढंगको राजनीतिले मुलुकलाई निकास दिँदैन। त्यसका लागि वैकल्पिक राजनीतिक शक्ति चाहिन्छ भन्ने धारणा पहिलेदेखि राख्दै आएँ, तर प्रभावकारी हस्तक्षेप गर्न सकिरहेको थिइन। यो बीचमा विभिन्न शक्तिहरूको उदय त भयो, तर देशले प्रस्ट दिशा लिन सकेन। उल्टै पुरानो भर्सेज, नयाँ हुन थाल्यो। युवाहरुलाई देशभित्र रोजगारी दिन नसक्नु, भ्रष्टाचारमुक्त बनाउन नसक्नु, पारदर्शिता दिन नसक्नु जस्ता समस्या यथावत् रहिरहे। बदलिँदो परिवेशनमा प्रतिनिधिसभामा रहेर भूमिका निर्वाह गर्न सक्छु भन्ने लागेर मैले निर्वाचनमा जाने निर्णय लिएको हुँ।’

साथै गोरखाको विकासमा आफूले यसअघि खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै त्यसलाई अझै अघि बढाउन चुनावमा जाने निर्णय गरेको उनको भनाइ छ। बालेनलगायत जेनजी अभियन्ताहरुले आफूलाई उम्मेदवार बन्न अनुरोध गरे पनि आफूले नकार्दै आएको तर अहिले घोषणा गरेको उनको भनाइ छ। साथै आउँदो चुनावमा नयाँपुस्ताले आफूलाई मतदान गर्ने विश्वास व्यक्त गरे। ‘रास्वपाका साथीहरुले ल हाम्रो त तपाईं नै हो, तपाईंजस्तो अभिभावक चाहिन्छ भन्ने गर्थे। म छँदैछु नि भन्ने गर्थे। पछिल्लोचोटि बालेनजीसँग भेट हुँदा तपाईंजस्तो मान्छे प्रतिनिधिसभामा हुनुपर्छ भन्नु भएको थियो। मैले त्यो बारेमा केही धारणा बनाएको छैन भनेर जवाफ दिएँ। उहाँहरु लगायत नयाँ चिन्तन, नयाँ सोच राख्ने सबैले साथ र सहयोग गर्नुहोला भन्ने आशा छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.