डडेलधुरामा मनोनयन दर्ताको तयारी पूरा

डडेलधुरामा मनोनयन दर्ताको तयारी पूरा
सुन्नुहोस्

डडेलधुरा : आउँदो फागुन २१ गते हुने संघीय निर्वाचनका लागि मंगलबार ६ गते हुने मनोनयन दर्ताको तयारी पूरा भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेलधुराका अनुसार मनोनयन दर्ता र निर्वाचनका लागि आवश्यक तयारी पूरा भएको जनाएको हो।

सोमबार जिल्ला सर्वपक्षीय बैठक बोलाई मनोनयन दर्तासँगै निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउने र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नका लागि छलफल गरिएको मुख्य निर्वाचन अधिकृत तथा डडेलधुरा जिल्लाका माननीय जिल्ला न्यायाधीश अरुणकुमार कोइरालाले जानकारी दिए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न भएको सर्वपक्षीय बैठकमा मुख्य निर्वाचन अधिकृत कोइरालाले भोलि हुने मनोनयन दर्ताको लागि सबै तयारी पूरा भएको जानकारी दिनुका साथै सम्भावित आइपर्ने जोखिम र समाधानका लागि गर्नुपर्ने उपायका बारेमा समेत सर्वपक्षीय छलफल गरिएको जनाएका छन्। जिल्लास्थित सबै राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूसँग निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गराउनका लागि सहयोग गर्न अपिल समेत गरेका छन्।

सबै दलका प्रमुख एवं प्रतिनिधिहरूले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता तथा निर्देशिकाको पालना गर्न प्रतिबद्धता जाहेर गरेका छन्। निर्वाचन कार्यालय डडेलधुराका प्रमुख करुणाकर अवस्थीले मतदानस्थल, मतदान केन्द्र छनोट, अन्तिम मतदाता नामावली कायम, अस्थायी मतदाता नामावली संकलन, कर्मचारी र मतदान सामग्रीको व्यवस्थापनमा जुटेको जानकारी दिए। डडेलधुरामा १ सय ४ मतदानस्थलमध्ये ३३ मतदानस्थल अति संवेदनशीलको सूचीमा रहेको अवस्थीले जानकारी दिए।

विगतमा भएका गतिविधिहरू तथा शान्ति सुरक्षाको दृष्टिकोणले ३३ मतदानस्थलहरू अति संवेदनशीलको सूचीमा रहेका छन्। सर्वदलीय छलफलमा जिल्लास्थित सम्पूर्ण राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला लगायत चारवटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस बीपी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमोर्चा र पत्रकारका साथै अन्य दलहरूका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.