देश र मधेशलाई अन्याय गरेको हिसाब लिने हो : रवि लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताएका छन्। जनकपुरमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले देशले बालेनजस्तो भावी प्रधानमन्त्री पाएको बताए।
'मविरुद्ध धेरै मुद्दा लगाएका छन्। सबैभन्दा धेरै मत ल्याएर चुनिएको सांसदलाई जेल पठाए। अझै ठाउँ ठाउँमा मुद्दा खेपिरहेको छु। तर, त्यसको कुनै चिन्ता छैन, किनकि देशले बालेनजस्तो भावी प्रधानमन्त्री पाएको छ,' उनले भने।
उनले रास्वपाले सबैभन्दा धेरै मत ल्याएर संसदमा प्रवेश गर्ने बताए।
प्रतिक्रिया दिनुहोस !