दाङ १ मा कांग्रेसले योगेन्द्र चौधरीलाई बनायो उम्मेदवार
दाङ : नेपाली कांग्रेसले दाङ-१ बाट योगेन्द्र चौधरीलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीले उक्त निर्णय सार्वजनिक गरेसँगै चौधरी औपचारिक रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन्।
यो क्षेत्र लुम्बिनी प्रदेशको राजधानी रहेको राप्ती उपत्यका क्षेत्र पर्दछ। संविधान सभा निर्वाचनमा समानुपातिक सांसद भएर प्रतिनिधित्व गरेका चौधरी अहिले प्रत्यक्ष उम्मेदवार बनेका हुन् ।
प्रतिक्रिया दिनुहोस !