एमालेले फेर्‍यो सुनसरी–२ र ४ मा उम्मेदवार

एमालेले फेर्‍यो सुनसरी–२ र ४ मा उम्मेदवार
सुन्नुहोस्

सुनसरी : नेकपा (एमाले) ले सुनसरीका निर्वाचन क्षेत्रमा उम्मेदवार परिवर्तन गरेको छ । मंगलबार उम्मेदवारी दर्ता हुने दिन आज बिहानै एमालेले सुनसरीका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार परिवर्तन गरेको भएको हो।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुनसरी–२ बाट जगदीश कुसियत र सुनसरी–४ बाट कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका अबुल हुसैन अन्सारीलाई टिकट दिएका थिए । तर उम्मेदवारी दर्ताको दिन बिहानै पार्टीले निर्णय उल्ट्याउँदै सुनसरी–२ मा प्रदेशसभा सदस्यसमेत रहेका रेवतिरमण भण्डारी र सुनसरी–४ मा पुनः जगदीश कुसियतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमाले सचिव शेरधन राईका अनुसार सम्बन्धित क्षेत्रमा टिकट वितरणप्रति व्यापक असन्तुष्टि देखिएपछि उम्मेदवार परिवर्तन गर्नुपरेको हो । “टिकट पाएका उम्मेदवारप्रति पार्टीभित्र र स्थानीय तहमा ठूलो असन्तुष्टि देखियो, त्यसैले निर्णय सच्याइएको हो,” सचिव राईले भने । 

विशेषगरी अबुल हुसैन अन्सारी कांग्रेस छाडेर एमाले प्रवेश गरेको भोलिपल्टै टिकट खोसिनुले एमालेको निर्णय प्रक्रियामाथि प्रश्न उठेको छ । पार्टी प्रवेशसँगै टिकट पाउने र त्यसको भोलिपल्टै उम्मेदवार फेरिनुले कार्यकर्तामाझ थप अन्योल सिर्जना गरेको छ ।

सुनसरी–१ मा पनि एमालेभित्र उम्मेदवारलाई लिएर तीव्र विवाद चलिरहेको छ । सुरुमा सूर्य पन्धाक लिम्बुलाई टिकट दिएको एमालेले पछि टिकराम लिम्बुलाई उम्मेदवार बनाएको थियो । तर अहिले फेरि जयकुमार राईलाई उम्मेदवार बनाउने विषयमा शीर्ष नेताबीच छलफल भइरहेको एमाले स्रोतले जनाएको छ ।

सचिव राईका अनुसार सुनसरी–१ को उम्मेदवार परिवर्तनका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग समेत निरन्तर छलफल भइरहेको छ । क्षेत्र–१ मा पनि निर्णय फेरिन सक्छ, यसबारे अध्यक्षसँग संवाद चलिरहेको उनले बताए । सुनसरी-३ मा एमालेले भगवती चौधरीलाई टिकट दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.