लुम्बिनी प्रदेश सांसद कृष्ण केसीले दिइन् राजीनामा
दाङ : लुम्बिनी प्रदेश सभाकी सदस्य कृष्ण केसी नमुनाले पदबाट राजीनामा दिएकी छन्। बाँके क्षेत्र नम्बर १ (१) बाट निर्वाचित केसीले लुम्बिनी प्रदेश सभा सचिवालयमा राजीनामा बुझाएकी हुन्।
प्रदेश सभा सचिवालयले उनको राजीनामा स्वीकृत गरेर सार्वजनिक समेत गरिसकेको छ। केसी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेको बुझिएको छ। जसका कारण उनले प्रदेश सांसदको जिम्मेवारी त्यागेकी हुन्।
उनको राजीनामासँगै लुम्बिनी प्रदेशमा पदबाट राजीनामा दिने प्रदेश सभा सदस्यहरूको संख्या चार पुगेको छ।
प्रतिक्रिया दिनुहोस !