प्रतिनिधिसभा सदस्य निर्वाचन

सुनसरी–१ बाट हर्क साम्पाङको उम्मेदवारी दर्ता

सुनसरी–१ बाट हर्क साम्पाङको उम्मेदवारी दर्ता
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सुनसरी  : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर–१ बाट धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्कराज राई  (हर्क साम्पाङ) ले उम्मेदवारी दर्ता गराएका छन् । उनले श्रम संस्कृति पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

मेयर पदबाट राजीनामा दिएपछि साम्पाङले संसदीय राजनीतिमा औपचारिक प्रवेश गर्दै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । स्थानीय तहमा श्रम,पारदर्शिता र जनउत्तरदायी शासनका पक्षमा चर्चित साम्पाङको उम्मेदवारीपछि सुनसरी–१ को चुनावी प्रतिस्पर्धा थप चासोको विषय बनेको छ ।

साम्पाङसँगै सुनसरी–१ बाट अन्य उम्मेदवारहरूले पनि मनोनयन दर्ता गराएका छन् । नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठ, देउमान लिम्बू र राजेन्द्र गुरुङले समेत सोही क्षेत्रबाट उम्मेदवारी दिएका छन् । उम्मेदवारहरूको संख्या बढेसँगै यस क्षेत्रमा बहुपक्षीय प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.