रोल्पामा १२ उम्मेदवारको मनोनयन दर्ता

रोल्पामा १२ उम्मेदवारको मनोनयन दर्ता
सुन्नुहोस्

रोल्पा : प्रतिनिधिसभा निर्वाचनको एउटा मात्र क्षेत्र रहेको रोल्पामा यसपटक १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। रोल्पाको चुनावी प्रतिस्पर्धा यसपटक पुराना नेतृत्व र नयाँ अनुहारहरूबीच हुने भएको छ। नेकपा माओवादी (विप्लव) ले समेत यसपटक यहाँ उमेदवार उठाएको छ। 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट वर्षमान पुन ‘अनन्त’ तेस्रोपटक भिडन्तमा उत्रिएका छन्। दुई पटक (२०७४ र २०७९) रोल्पाबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका र अर्थलगायत महत्वपूर्ण मन्त्रालय सम्हालेका पुन यसपटक पनि गृहमै बलियो दाबी सहित प्रस्तुत भएका छन्। यसपटक नेकपा एमालेले गोकुलप्रसाद घर्तीमगरलाई मैदानमा उतारेको छ। समानुपातिक सांसद समेत भैसकेका घर्तीमगरले पहिलोपटक प्रत्यक्ष प्रतिस्पर्धा गर्न लागेका हुन्। जसले एमालेका लागि रोल्पामा नयाँ परीक्षणको संकेत गर्छ।

त्यस्तै नेपाली कांग्रेसले अर्थविद् डा. सुदनकुमार ओलीलाई उम्मेदवार बनाएको छ। लामो राजनीतिक पृष्ठभूमि नभए पनि अर्थविद रहेकाले मतदातामा चासो रहेको कांग्रेसको दाबी छ। ष्ट्रिय स्वतन्त्र पार्टीले बालाराम थापा, नेकपा (माओवादी)ले चूडामणि वली ‘आदर्श’, राष्ट्रिय जनमोर्चाले मेखबहादुर विष्ट र राप्रपाले अमरबहादुर थापा क्षेत्रीलाई उतारेका छन्। मंगोल नेशनल अर्गनाइजेशनका कुमार घर्तीमगर, नेशनल रिपब्लिक नेपाल पार्टीका मनबहादुर घर्तीमगर र आम जनता पार्टीबाट दीलबहादुर कामीले पनि प्रतिस्पर्धामा छन्। 

स्वतन्त्र तर्फबाट आशबहादुर पुन र दलबहादुर ओलीका उम्मेदवारी दर्ता भएपछि रोल्पामा उम्मेदवार संख्या ११ पुगेको मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाले जानकारी दिए। उमेदवारी दिएसँगै रोल्पामा चुनावी चहलपहल बढेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.