पतञ्जली जग्गा हिनामिना प्रकरण : माधव नेपालविरुद्धको मुद्दामा मिसिल झिकाउने आदेश

पतञ्जली जग्गा हिनामिना प्रकरण : माधव नेपालविरुद्धको मुद्दामा मिसिल झिकाउने आदेश
सुन्नुहोस्

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दामा विशेष अदालतले मिसिल झिकाउने आदेश जारी गरेको छ। न्यायाधीश सुदर्शनदेव भट्ट र हेमन्त रावलको बुधबार बसेको संयुक्त इजलासले मुद्दासम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको फाइल झिकाउन आदेश जारी गरेको छ।

आदेश लगत्तै नेपालविरुद्ध भ्रष्टाचार मुद्दाको फाइल अदालतमा अख्तियारले बुझाइसकेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए। उनका अनुसार मुद्दाको अर्को पेश यही माघ १४ गतेलाई तोकिएको छ।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  नेपालसहित ९३ लाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको छ। २०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालयको नाममा सञ्चालन गर्न काभ्रेमा हदबन्दी छुटमा ८ सय १५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो ।

त्यसलगत्तै पतञ्जलीले बनेपा नगरपालिकाअन्तर्गत पर्ने साविकको साँगा,नासिकास्थान र महेन्द्र ज्योति गाविस (चलाल गणेशस्थान) मा ५ सय ९३ रोपनीभन्दा बढी जग्गा खरिद गरेकामा पछि मन्त्रिपरिषदबाटै निर्णय गराएर भूमिसम्बन्धी कानुनविपरीत हदबन्दी छुटको ३ सय ५३ रोपनी १५ आना जग्गा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बिक्री गरेको थियो। 

भारतीय योगगुरु रामदेवद्वारा सञ्चालित पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले उद्योग सञ्चालन गर्न भनेर हदबन्दी छुटमा किनेको जग्गा अपचलन भएको सरकारी छानबिन समितिको प्रतिवेदनले पनि ठहर गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.