वैदेशिक हस्तक्षेप रोक्न र राष्ट्रिय स्वाधीनता जोगाउन चुनाव आवश्यक : वर्षमान पुन

वैदेशिक हस्तक्षेप रोक्न र राष्ट्रिय स्वाधीनता जोगाउन चुनाव आवश्यक : वर्षमान पुन
सुन्नुहोस्

रोल्पा : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले वैदेशिक हस्तक्षेप रोक्न र राष्ट्रिय स्वाधीनता जोगाउन चुनाव आवश्यक भएको बताएका छन्। बुधबार लिबाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुनले विश्वराजनीति गहिरो उथलपुथल र भूराजनीतिक प्रतिस्पर्धाले नेपालसमेत संवेदनशील अवस्थामा पुगेको टिप्पणी गरेका हुन्। 
 
नेता पुनले भने,ʻभूराजनीतिक संवेदनशीलता बढेको छ। विश्वका शक्ति राष्ट्रबीच प्रतिस्पर्धा तीव्र छ। विश्व राजनीति अहिले कुनै नियममा चलेको छैन। विश्व व्यवस्था नै बदलिने मोडमा छ। जसको शक्ति उसैले कब्जा गर्ने अवस्था बन्दै गएको छ।ʼ

नेता पुनले जेनजी विद्रोहका मागलाई जायज र सम्बोधन योग्य पनि भने। तर त्यसकै आवरणमा चलखेल र हस्तक्षेपको प्रवृत्ति पनि देखिएको उनको आरोप छ। उनले भने,ʻउठेका जायज मागको सम्मान र सम्बोधन हुनुपर्छ। तर त्यसको आवरणमा चलखेल भएको पनि छ।ʼ 

पुनले संघीयताको करिब एक दशक लामो अभ्यासमा संरचनागत कमजोरी रहेको पनि बताए। उनका अनुसार जनप्रतिनिधि, प्रशासन र राजनीतिक नेतृत्व तीनै तहमा सीमा देखिएका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.