लागूऔषधसहित दुई जना पक्राउ

लागूऔषधसहित दुई जना पक्राउ
सुन्नुहोस्

सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुनेबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी भरौलबाट खटिएको गस्ती टोलीले को.२१ प १४९० नम्बरको मोटरसाइकलमा सवार धरान–१७ का नबिन तामाङ र प्रेम जोगीलाई शंका लागि चेकजाँच गर्दा उनीहरूको साथबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुवरले बताए । 

 पक्राउ परेकाहरूको साथबाट ट्रामाडोल ३ हजार ७३० क्याप्सुल र नाइट्राजाम १५० ट्याब्लेट बरामद गरिएको प्रहरी निरीक्षक कुवरले बताए । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए  । 

नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै तस्करहरूले लागूऔषध नेपाल भित्र्याउने र बिक्री गर्ने गतिविधि बढ्दै गएको छ । जसका कारण विशेषगरी कलेज पढ्ने विद्यार्थी तथा युवाहरू लागूऔषधको कुलतमा फस्दै गएको प्रहरीको भनाइ छ ।

प्रहरीले लागूऔषध नियन्त्रणका लागि चौबीसै घण्टा  निगरानी कडा बनाइएको बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.