चोरीका दुई गाडी बरामद

चोरीका दुई गाडी बरामद

सुनसरी : नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले चोरीका दुई वटा गाडी बरामद गरेको छ। ट्राफिक अपराध नियन्त्रण र सवारी सुरक्षालाई प्राथमिकतामा राख्दै सादा पोसाकमा परिचालन गरिएको विशेष टोलीले धरान र इटहरी क्षेत्रबाट लाखौँ मूल्य पर्ने गाडी बरामद गरेको छ। 

ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीले पछिल्लो समय चोरीका सवारी साधन सञ्चालनमा आएको सूचना पाएपछि विशेष निगरानी र अनुसन्धान थालिएको र सोही क्रममा ट्राफिक प्रहरीको सक्रियताले दुई वटा चोरीका गाडी बरामद गर्न सफलता मिलेको बताए।  

बरामद गरिएका गाडीको सम्बन्धित कम्पनीसँग सोधखोज गर्दा गाडीमा उल्लेख गरिएको इन्जिन नम्बर र चेसिस नम्बर आधिकारिक विवरणसँग मेल नखाएको पुष्टि भएको एसपी गिरीले जानकारी दिए। त्यस्तै, गाडीमा राखिएको नम्बर प्लेटको विषयमा यातायात व्यवस्था कार्यालयसँग बुझ्दा उक्त नम्बर प्लेट नै दर्ता नभएको खुलेको छ। यसले गाडी चोरी गरी अवैध रूपमा प्रयोग गरिएको पुष्टि भएको एसपी गिरीले बताए।

ट्राफिक प्रहरीले धरान उपमहानगरपालिका वडा नम्बर–१७ बाट बा ८ च ९५१९ नम्बरको सिल्भर रङको हुण्डाई कम्पनीको कार र इटहरी उपमहानगरपालिका वडा नम्बर–५ बाट मे १ च ३८४६ नम्बरको सेतो रङको महिन्द्रा कम्पनीको बोलेरो गाडी नियन्त्रणमा लिएको छ। यसअघि पनि ट्राफिक प्रहरीले ताप्लेजुङ जिल्लाबाट चोरीका पाँच वटा बोलेरो गाडी बरामद गरेको थियो। बरामद गरिएका गाडीको विषयमा आइतबार ट्राफिक प्रहरीले पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको थियो।

एसपी गिरीका अनुसार बरामद गरिएका गाडीहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी लिलामीका लागि सुनसरी भन्सार कार्यालय, सेतु बन्ध कोशी ब्यारेजमा बुझाइएको छ। उनले सवारी साधन खरिद गर्दा कागजात, इन्जिन नम्बर र चेसिस नम्बर अनिवार्य रूपमा जाँच गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। 

ट्राफिक प्रहरीको नियमित निगरानी, सूचनामा आधारित अनुसन्धान र सादा पोशाकमा गरिएको अपरेसनका कारण चोरीका सवारी साधन नियन्त्रणमा लिन सहज भएको भन्दै आगामी दिनमा पनि यस्ता अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.