राष्ट्रियसभामा कर्णालीबाट शाही र रखाल विजयी

राष्ट्रियसभामा कर्णालीबाट शाही र रखाल विजयी
कर्णालीबाट राष्ट्रियसभा सदस्य विजयी ललितजंग शाही र मिनासिंह रखाल। तस्बिर : बिस्नप्रसाद न्यौपाने

वीरेन्द्रनगर : राष्ट्रियसभा सदस्यको चुनावमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाही र नेकपा एमालेका केन्द्रीय सदस्य मिनासिंह रखाल विजयी भएका छन्।

आइतबार भएको मतदानमा दुई दलबीच बनेको गठबन्धनबाट उम्मेदवार बनेका शाही र रखाल विजयी भएका हुन्। अन्य क्लस्टरबाट उम्मेदवार बनेका शाहीले प्रदेशतर्फ २६ र स्थानीयतर्फ सय मतभार प्राप्त गरी विजयी बन्दा नेपाली कम्युनिस्ट पार्टीका बुद्विप्रसाद शर्माले प्रदेशतर्फ १३, स्थानीयतर्फ ५० मतभार प्राप्त गरी पराजित भए। 

त्यस्तै एमालेकी रखालले प्रदेशतर्फ २६ र स्थानीयतर्फ ९३ मतभार प्राप्त गरी विजयी भइन्। उनकी प्रतिद्वन्द्वी नेकपाकी अञ्जु महतारा शाहीले प्रदेशतर्फ १३ स्थानीयतर्फ ५५ मतभार प्राप्त गरी पराजित भइन्। रखाल महिला क्लस्टरबाट विजयी भएकी हुन्। मतदानमा प्रदेशसभातर्फ ३९ र स्थानीय तहका एक सय ५२ जनाले भाग लिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.